शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

जलविद्युत् आयोजनाले प्रयोग गरेको १३० रोपनी जग्गाको सट्टाभर्ना

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १० २०७८
images
जलविद्युत् आयोजनाले प्रयोग गरेको १३० रोपनी जग्गाको सट्टाभर्ना

जलविद्युत् आयोजनाहरुले प्रयोग गर्ने सरकारी जग्गाको विकल्पमा सोही क्षेत्रफल बराबरको जग्गा उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था छ।

images
images

म्याग्दी- रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन तीन जलविद्युत् आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना (उपलब्ध) गराएका छन्। आयोजनाले उपभोग गरेको वन क्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन्। 

images
images
images

पैतीस मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाटको प्रवर्द्धक तुँदी पावर कम्पनीले ९० रोपनी र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरले ३० रोपनी जग्गा सट्टाभर्ना गरेका डिभिजन वन कार्यालयले जनाएको छ।

images
images

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले तुँदीले धवलागिरि गाउँपालिका-६ मराङमा, रघुगङ्गा हाइड्रोपावरले रघुगङ्गा गाउँपालिका-३ र ५ मा जग्गा उपलब्ध गरेर वनलाई उपलब्ध गराएको जानकारी दिए। जलविद्युत् आयोजनाहरुले प्रयोग गर्ने सरकारी जग्गाको विकल्पमा सोही क्षेत्रफल बराबरको जग्गा उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था छ।

images
images

यसैगरी कटान गरिएको एक रूख बराबर दस बिरुवा वृक्षरोपण गर्नुपर्ने र पाँच वर्षसम्म स्याहारसम्भार गरी हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ। बिरुवा उत्पादन, वृक्षरोपण र हेरालुका लागि तुँदीले १४ लाख र दुई वन समूहका लागि रघुगङ्गा हाइड्रोपावरले वन डिभिजनलाई सात लाख ९६ हजार ६१३ रुपैयाँ उपलब्ध गराएको छ। राहुघाट जलविद्युत् आयोजनाले ५३८, अपर र मङ्गले राहुघाटले १५३ रूख कटान गरेका थिए।

यसैगरी गण्डकी प्रदेश सरकारले वन डिभिजन कार्यालयमार्फत चालु आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि एक करोड ७७ लाख ४४ हजार बजेट विनियोजन गरेको छ। पुँजीगततर्फ ५५ लाख र चालु शीर्षकमा एक करोड २७ लाख ४४ हजार बजेट विनियोजन गरिएको कार्यालयका निमित्त प्रमुख चन्द्रमणि सापकोटाले जानकारी दिए।

दस सामुदायिक वनमा पोखरी निर्माणका लागि १० लाख, दुई सामुदायिक वनमा पर्यापर्यटन पूर्वाधार कार्यक्रमका लागि सात लाख, चार नर्सरी मर्मतसम्भार तथा स्तरोन्नति कार्यक्रमका लागि दुई लाख, वन व्यवस्थापनका लागि मेसिनरी औजार खरिद गर्न तीन लाख र धवलागिरि सबडिभिजन वन कार्यालयको भवनमा तला थप गर्न पन्ध्र लाख रुपैयाँ विनियोजन गरिएको छ।

चालु शीर्षकमा २४ वटा सामुदायिक वनमा स्थलगत अभ्यासका लागि सात लाख २० हजार, पाँच हजार जडीबुटी बिरुवा खरिद तथा वितरण गर्न दुई लाख ९० हजार, जडीबुटी खेती प्रवर्द्धन कार्यक्रमलाई ६० लाख, मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पाँच लाख, बीस हजार बहुवर्षीय बिरुवा उत्पादन तथा वितरण गर्न १२ लाख, कृषि वन प्रवर्द्धन तथा विकास कार्यक्रमलाई पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १० २०७८०७:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend