बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

विद्यालयमा खानेपानी अभाव हुँदा विद्यार्थीलाई सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
images
विद्यालयमा खानेपानी अभाव हुँदा विद्यार्थीलाई सास्ती

वडाले खानेपानी समस्या समाधान गर्ने आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार भएको छैन।

images
images

जानकी- बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ। विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ। 

images
images
images

खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछिन्। ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन’, उनले भनिन्। कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ। विद्यालयका एउटा मात्र हाते पम्प रहेको छ। पिउनलाई शुद्ध पानीको अभाव छ। 

images
images

‘पानी किनेर पिउनुपर्ने बाध्यता छ’, कक्षा ५ मा अध्ययनरत कल्पना यादवले भनिन्, ‘विद्यार्थीले सधैँ पानी किनेर पिउन सम्भव छैन। प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौँ।’ शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछिन्। शौचालय जाँदा बाहिरबाटै पानी बाकेर लैजानुपर्ने विद्यार्थी बताउँछन्। 

images
images
images

विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताए। उनले भने, ‘वडाले आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार छैन।’ 

३९ विद्यालय रहेको उक्त पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय। उक्त विद्यालयमा भने भौतिक संरचना जीर्ण छ। दुई वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको पधानाध्यापक देव रानाले बताए। ‘टालटुल गरेर पठनपाठन भइरहेको छ’, उनले भने। जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाएको रानाले बताए।

पाँच ब्लकमा १२ कक्षाकोठा रहेको उक्त विद्यालयमा छात्राका लागि शौचालयको उचित व्यवस्था नभएको रानाको भनाइ छ। यहाँ सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। उक्त पालिकामा प्राथमिक विद्यालय १६, निमावि तीन र माध्यमिक विद्यालय पाँच छन्। यहाँ १४ मदरसा छन्। छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ।

माविसम्म सीमित रहेको उक्त पालिकामा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताए। रासस 


प्रकाशित : सोमबार, चैत २७ २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend