बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

बन्द भएको तीन वर्षपछि सञ्चालनमा आए म्याग्दीका चिज उद्योग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
बन्द भएको तीन वर्षपछि सञ्चालनमा आए म्याग्दीका चिज उद्योग

चिज उद्योगमा दूध बिक्री गर्न कृषकहरुले होल्याड र जर्सी जातको गाईपालन गरेका छन्।

images
images

म्याग्दी- म्याग्दीका चिज उद्योग तीन वर्षपछि सञ्चालन भएका छन्।

images
images
images

कोरोना भाइरसको महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द भएका अन्नपूर्ण गाउँपालिकाको घारमा रहेको हिमालयन, राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्धारको सामुदायिक चिज उद्योग सञ्चालनमा आएका हुन्।

images
images

पर्यटक आगमन पुरानै लयमा फर्किएको र बजारबाट माग आउन थालेकाले बन्द भएको चिज उद्योग पुनसञ्चालन गरेका हुन्।

images
images
images

म्याग्दीको घोडेपानी, तातोपानी, मुस्ताङ र पोखरा लगायत पर्यटकीय स्थलका होटल तथा रेष्टुरेष्टमा चिज खपत हुने गर्छ। गाईको दूधबाट बनाइने प्रोट्रिनयुक्त चिज पर्यटकले रुचाउने परिकार मध्यमा पर्छ। चिज उपभोग गर्ने पर्यटक आगमन ठप्प भएपछि खपत हुन नसकेर उद्योग बन्द गरिएको थियो।

चिज उद्योगमा दूध बिक्री गर्न कृषकहरुले होल्याड र जर्सी जातको गाईपालन गरेका छन्। रासस 


प्रकाशित : आइतबार, चैत २६ २०७९१२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend