आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अर्थले खर्च कटौती गर्ने भनेकै समयमा ऊर्जा मन्त्रालयसहित सात कम्पनीका कर्मचारीको रिसाेर्टमा ‘रिफ्रेसमेन्ट’ पार्टी

सबै कर्मचारीलाई उपस्थित हुन उर्दी

आइतबार, चैत २६ २०७९
अर्थले खर्च कटौती गर्ने भनेकै समयमा ऊर्जा मन्त्रालयसहित सात कम्पनीका कर्मचारीको रिसाेर्टमा ‘रिफ्रेसमेन्ट’ पार्टी

गोदावरीमा आयोजना भएको कार्यक्रममा उर्जा मन्त्रालयअन्तर्गतका विद्युत उत्पादन कम्पनी लिमिटेड, नलगाड हाइड्रो कम्पनी लिमिटेड, जगदुल्ला हाइड्रो पावर कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मन्त्रालयका गरी झण्डै २ सय कर्मचारीहरु उपस्थित थिए।

‍काठमाडौं- अर्थ मन्त्रालय सरकारी खर्च कटौतीमा लागेको भन्दै विभिन्न निर्णय गरिरहेको छ। तर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सातवटा कम्पनीका कर्मचारीले भने शनिबार दिनभरी ‘रिफ्रेसमेन्ट’ कार्यक्रम गरे।

गोदावरी भिलेज रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा सबै कम्पनीका कर्मचारीलाई उपस्थित हुन उर्जा सचिव दिनेश कुमार घिमिरेले उर्दी नै जारी गरेका थिए। शनिबार उर्जा मन्त्रालयअन्तर्गतका कम्पनीहरुबीच अन्तरक्रिया कार्यक्रम भनेर राखिएको थियो। तर सबै कर्मचारीहरु उपस्थित भएर लाखौँ खर्च गरिएको थियो। सरकारी खर्च सकाउनका लागि गरिएको कार्यक्रममा मन्त्रालयका पनि अधिकांश कर्मचारी उपस्थित भएका थिए।

गोदावरीमा आयोजना भएको कार्यक्रममा उर्जा मन्त्रालयअन्तर्गतका विद्युत उत्पादन कम्पनी लिमिटेड, नलगाड हाइड्रो कम्पनी लिमिटेड, जगदुल्ला हाइड्रो पावर कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, सिम्चुवा रेमिट हाइड्रो मिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र मन्त्रालयका गरी झण्डै २ सय कर्मचारीहरु उपस्थित रहेको उर्जा मन्त्रालय स्रोतले जानकारी दियो। ‘नाम अन्तरक्रिया राखिएको भए पनि रिफ्रेसमेन्ट पार्टी रहेको थियो,’ उर्जा स्रोतले भन्यो। 

यता अर्थ मन्त्रालयले कार्यालय खर्च कटौती गर्ने, सवारी साधान नकिन्ने, सेमिनार गोष्ठी नगर्ने तथा अत्याश्यकबाहेक विदेश भ्रमणमा समेत रोक लगाउने निर्णय गरेको थियो। तर उर्जासहितका कर्मचारीहरुले भने खर्च गर्नका लागि शनिबार कार्यक्रम गरेका थिए।

सरकारले खर्च कटौतीको मसयमा किन यस्तो कार्यक्रम आयोजना गर्नु भएको भन्ने बिजनेस न्युजको प्रश्नमा उर्जा मन्त्रालयका प्रवक्ता मधु भेटुवालले यो कम्पनीहरुबीच समन्वय गर्न कार्यक्रम आयोजना गरेको बताए। ‘समय समयमा यस्तो कार्यक्रम गर्नु पर्दछ,’ भेटुवालले भने। उनले खर्च गर्नका लागि कार्यक्रम आयोजना नगरिएको दाबी गरे।

सबै कम्पनीका कर्मचारीलाई उपस्थित हुन सचिव अध्यक्ष रहने कम्पनीमा उर्दी जारी गरिएको उर्जा स्रोतको भनाइ छ। 


प्रकाशित : आइतबार, चैत २६ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend