सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सडक बन्यो, बनेन पुल

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
सडक बन्यो, बनेन पुल

हडिया खोलामा १८ वर्षअघि बनेको पुल साँघुरो र जीर्ण छ।

झापा- धुलाबारी-भद्रपुर सडकखण्ड कालोपत्र भए पनि हडिया खोलाको पुल भने पुरानो र जीर्ण छ।

नवनिर्मित सडक सात मिटर चौडाइ र नौ किलोमिटर लम्बाइको छ। पूर्वी नाकाबाट भद्रपुर विमानस्थल जान छोटो दूरीको फराकिलो दुई लेनको सडकमा कालोपत्र गर्ने कार्य भर्खरै सकिएको छ।

सोही सडकखण्डकै बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि बनेको पुल भने साँघुरो र जीर्ण छ। ज्यामिरगढी र भद्रपुरको बीचमा रहेको हडिया खोलामा १८ वर्षअघि सडक डिभिजन कार्यालय दमकले पुल निर्माण गरेको थियो। 

सो पुलमा लगाइएको रेलिङ भत्किएको छ भने पुलको भद्रपुरतर्फको भागमा भ्वाङ परेको छ। दुई लेनको सडकमा एक लेनको साँघुरो पुल असुविधाजनक छ। भौतिक पूर्वाधार कार्यालय भद्रपुरका इन्जिनियर उत्तम खरेलले दुई दिनअघि मात्र सडकको कालोपत्र गर्ने कार्य सकिएको जानकारी दिँदै भने, 'सडकसँगै पुल पनि फराकिलो चाहिन्छ, यस विषयमा छलफल चलिरहेको छ।'

सडकसँगै नयाँ पुल बनाउनुपर्ने स्थानीय कमल राजवंशीले माग गरे। सो क्षेत्रका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पुल बनाउन बजेट व्यवस्थाका लागि आश्वासन दिएको इन्जिनियर खरेलले बताए। बजेटको व्यवस्था भयो भने अर्को आर्थिक वर्षभित्र पुल बनाउन सकिने उनले जानकारी दिए। रासस 


प्रकाशित : शनिबार, चैत २५ २०७९०७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend