बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

अर्थमन्त्री डा. महतसँग युरोपियन युनियन राजदूतको भेट

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २४ २०७९
images
अर्थमन्त्री डा. महतसँग युरोपियन युनियन राजदूतको भेट

अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको थियो। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतसँग युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत एमएस नोनी डिपरेजले शुक्रबार भेट गरेका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको थियो। 

images
images
images

गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गराइरहेको छ। युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा. महतले बताए। युरोपियन युनियनको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको डा. महतले बताए। 

images
images

समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष्य मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ।

images
images
images


प्रकाशित : शुक्रबार, चैत २४ २०७९०९:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend