बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय कारमा आक्रामक किया : वार्षिक १६ लाख ईभी बिक्री गर्ने, केही ईभी भारतमै बन्ने

शुक्रबार, चैत २४ २०७९
विद्युतीय कारमा आक्रामक किया : वार्षिक १६ लाख ईभी बिक्री गर्ने, केही ईभी भारतमै बन्ने

यो दशकको अन्त्य अर्थात २०३० मा पुग्दा ब्याट्रीको लागत २०१८ को तुलनामा ५५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। 

काठमाडौं- कोरियाली कार उत्पादक कम्पनी कियाले पनि आफ्नो विद्युतीय कार उत्पादनको पोर्टफोलियो बढाउने भएको छ। कम्पनीले २०३० पछि वार्षिक १६ लाख विद्युतीय कार बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको छ। 

गत वर्ष कियाले २०३० देखि वार्षिक १२ लाख कार बिक्री गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। विश्वभर विद्युतीय कारको माग बढ्दै गएकाले कियाले एक वर्ष नपुग्दै आफ्नो लक्ष्य पनि बढाएको हो। एक वर्षको अन्तरालमा कियाले वार्षिक ४ लाख विद्युतीय कार उत्पादन बढाउने लक्ष्य थप गरेको हो। 

कियाले २०३० सम्ममा २३ लाख ८० हजार ब्याट्री ईभी र हाइब्रिड कार बिक्री हुने अनुमान गरेको कियाका सीईओ हो सुङ सोङले बताएका छन्। यो संख्या कियाले गत वर्ष तय गरेको लक्ष्यभन्दा ३ लाख बढी भएको विद्युतीय कार बिक्रीको भावी योजना बारे ब्रिफिङ गर्ने क्रममा सीईओ सोङले बताएका हुन्। 

यो दशकको अन्त्यसम्ममा कियाले विश्वभर वार्षिक रुपमा बिक्री गर्ने कुल कार मध्ये ३७ प्रतिशत आर्थात १६ लाख कार ब्याट्री ईभी हुने उनको भनाइ छ। त्यस्तै कियाले सानो आकारका विद्युतीय कार भारतमै उत्पादन गर्ने समेत सीईओ सोङले बताए। त्यस्तै कम्पनीका थप साना तथा मध्यम आकारका विद्युतीय कार युरोप र चीनमा उत्पादन हुने छन्। 

त्यस्तै कियाले केही महत्वपूर्ण विद्युतीय कार भने अमेरिकामा उत्पादन गर्ने जनाएको छ। २०२४ बाट कियाले आकर्षक रुपमा प्रचार गरिरहेको ईभी९को उत्पादन अमेरिकामै गर्ने उल्लेख गरेको छ। 

कियाले २०२३ का बिक्री गर्ने विद्युतीय कारको संख्या पनि महत्वाकांक्षी नै देखिन्छ। २०२३ मा कियाले विश्वभर २ लाख ५८ हजार ब्याट्री ईभी बिक्री गर्ने दाबी गरेको छ भने २०२६ मा यो संख्या १० लाख पुर्‍याउने जिकिर कियाको छ। कियाले २०२६ मा ईभीको समग्र कर्पोरेट पोर्टफोलियो ३२ प्रतिशत र २०३० मा पुग्दा ५३ प्रतिशत पुग्ने बताएको छ।

यो २०२२ को तुलनामा ज्यादै नै धेरैको प्रक्षेपण हो। २०२२ मा कियाले विश्वभर बिक्री गरेको कुला सवारीमा विद्युतीयको हिस्सा जम्मा ५ प्रतिशतमात्र थियो। यसरी विद्युतीय सवारी बिक्रीको हिस्सा बढ्नुको मुख्य कारण ब्याट्रीको मूल्य बट्नु रहेको कियाको भनाइ छ। यो दशकको अन्त्य अर्थात २०३० मा पुग्दा ब्याट्रीको लागत २०१८ को तुलनामा ५५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। 

त्यस्तै २०२७ सम्म पुग्दा कियाले १५ वटा पूर्णविद्युतीय सवारी बजारमा ल्याइसक्ने सीईओले बताएका छन्। कियाले २०२३ को मध्यसम्ममा ईभी९ दक्षिण कोरियामा सार्वजनिक हुने जनाएको छ। त्यस्तै यही वर्षको अन्त्यसम्ममा कियाले चीनमा ईभी फाइभ बजारमा ल्याइसक्ने छ। कियाको १५ वटा विद्युतीय कारमा ईभी सिक्स तथा निरो ईभी रहेको छ। 

कियाका विद्युतीय कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। कियाको सोल ईभी र निरो ईभी नेपाली बजारमा उल्लेख्य रुपमा बिक्री भइरहेको थियो। पछिल्लो समय आयात नभएपनि अब भने कियोको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल प्रालिले निरो ईभी र ईभी सिक्स नेपाल ल्याउने तयारी गरिरहेको छ। 

ग्राउन्ड क्लियरेन्स र पर्फरमेन्सका आधारमा निरो ईभी नेपाली बजारमा उकृष्ट ठहरिएको थियो। कियाले चर्चित मोडल ईभी सिक्स पनि नेपालमा रोजाईको विद्युतीय कार बन्न सक्छ। 


प्रकाशित : शुक्रबार, चैत २४ २०७९०२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend