बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

सडक कालोपत्रपछि उत्पादनले बजार पायो, खुसी छन् किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २३ २०७९
images
सडक कालोपत्रपछि उत्पादनले बजार पायो, खुसी छन् किसान

फिदिम-सल्लेरी खण्ड कच्ची हुँदा यस क्षेत्रका सर्वसाधारणले हैरानी बेहोर्दै आएका थिए। पूर्वाधार विकास कार्यालयले चार वर्षअघि थालेको फिदिम-सल्लेरी खण्डको कालोपत्र पूरा भएपछि स्थानीयवासी खुसी भएका छन्।

images
images

पाँचथर- गाउँसम्मै सडक कालोपत्र भएपछि फदिम नगरपालिका-११ का देवीप्रसाद अधिकारी प्रसन्न छन्। सडक कालोपत्र गरेका कारण समयमै गाडी पाउन र फिदिम पुग्न सहज भएको उनी बताउँछन्। उत्पाददित सागसब्जी बजार पुर्‍याउन सकिएको अधिकारीको भनाइ छ।

images
images
images

'यातायातको सुविधा नहुँदा फिदिम पुग्न हिँडेर दुई घण्टा लाग्थ्यो। बुढापाकालाई त पाँच घण्टासम्म लाग्थ्यो', सदरमुकाम नजिकैको गाउँ भए पनि बजार आउजाउ गर्दा हुने सकस सम्झिँदै अधिकारीले भने, 'सडक कच्ची हुँदा यात्रा गर्न निकै सकस हुन्थ्यो, धुलो र हिलोले सास्ती खेप्नु परेको थियो।'

images
images

फिदिम-फालोट सडकको फिदिम-सल्लेरी खण्डको १० किलोमिटर सडक कालोपत्र भएपछि फिदिम पुग्न सहज भएको छ। समयमै फिदिम पुगेर सर्वसाधारणलाई काम गर्न सकिने अवस्था छ। स्थानीय उत्पादनले बजार पाएको छ। उत्पादन खेर जाने अवस्था हटेको छ।

images
images
images

भारतसँगको सीमा क्षेत्र फालोटलाई सदरमुकाम फिदिमसँग जोड्ने फिदिम-फालोट सडकको नांगीन सल्लेरीदेखि लुदिनटारसम्मको २५ किलोमिटर सडक कालोपत्र भएको तीन वर्ष बितेको छ। तर फिदिम-सल्लेरी खण्ड कच्ची हुँदा यस क्षेत्रका सर्वसाधारणले हैरानी बेहोर्दै आएका थिए। पूर्वाधार विकास कार्यालयले चार वर्षअघि थालेको फिदिम-सल्लेरी खण्डको कालोपत्र पूरा भएपछि स्थानीयवासी खुसी भएका छन्।

पूर्वाधार विकास कार्यालय फिदिमका प्रमुख राजनराज रेड्डीका अनुसार जिल्लाको मुख्य सडकको रुपमा रहेको फिदिम-फालोट सडकको उक्त खण्ड कन्काई पीएस जेभीले ६० करोड २७ लाख लागतमा निर्माण गरेको हो। नालीसहित सात मिटर चौडा सडक निर्माण भएको छ। कोभिड-१९ का कारण दुई वर्ष म्याद थप गरिएको थियो। आगामी असारसम्म काम सम्पन्न गर्ने सम्झौता छ।  

संघीय सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी)अन्तर्गत फिदिम-फालोट सडकको नांगीन सल्लेरी-लुदिनटार खण्डको २५ किलोमिटर सडक तीन वर्षअघि नै कालोपत्रे भइसकेको छ। ९० करोड ८३ लाख ३५ हजारको लागतमा उक्त खण्ड कालोपत्रे भएको थियो। सल्लेरी-लुदिनटार खण्ड कालोपत्रे अघि बढ्दा फिदिम-सल्लेरी खण्ड उन्नति समावेशी परियोजनाले निर्माण गरिरहेको थियो।

फिदिम-फालोट सडकको लुदिनटार-फालोटको बाँकी २५ किलोमिटरमध्ये ११ किमी सडक कालोपत्रको ठेक्का प्रकृया अघि बढ्न लागेको पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले जानकारी दिए। 'क्रमशः सीमा क्षेत्रसम्म ११ किलोमिटर सडक कालोपत्रको काम हुन्छ', उनले भने। यो सडकबाट जिल्लाको फिदिम नगरपालिका-१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका बासिन्दा बढी लाभ लिन सक्नेछन्। 

यस्तै पूर्वाधार विकास कार्यालयले फिदिम-सन्दकपुर सडकअन्तर्गत फिदिम-रानीटार खण्डको सात किलोमिटर सडक पनि कालोपत्र गर्न लागेको छ।

गत हप्ता सुरु भएको यो खण्डको कालोपत्र आगामी दुई हप्तामा सकिने रेड्डीले बताए। २६ करोड ५० लाखको लागतमा दिवा एण्ड सफल जेभीले सडक निर्माण गरिरहेको छ। फिदिमको शिवालय मन्दिरबाट फिदिम-७ रानीटार, फिदिम-१३ लुङरुपा हुँदै सन्दकपुर जोड्ने योजनासहित यो सडक निर्माण भइरहेको छ। यस सडकबाट फिदिम-७, ८, १३ र १४ का वासिन्दा लाभान्वित हुनेछन्। रासस


प्रकाशित : बिहीबार , चैत २३ २०७९०५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend