सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

images
बुधबार, चैत २२ २०७९
images
उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृतसरहका करिब ७ हजार कर्मचारीहरु कार्यरत छन्। यसअघि किताबखानाले सचिव र सहसचिवसरहका कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ।

images
images

काठमाण्डौं- राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृतसरहका सबै कर्मचारीहरुलाई एक महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ। विज्ञताका आधारमामात्र कर्मचारीको सरुवा-बढुवा, पुरस्कार र पदस्थापन गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो। 

images
images
images

धेरैजसो कर्मचारीको सुरूको सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकाले विवरण अद्यावधिक गर्न लागिएको किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए। 'निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको हो', महानिर्देशक पाण्डेले भने। 

images
images

उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीको पनि व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको पाइएको छ। धेरै ठाउँमा सरुवा भइसकेका कर्मचारीको पनि पुरानै विवरण रहेकाले यस्तो सूचना जारी गरिएको किताबखानाको भनाइ छ। विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ। 

images
images

हाल निजामती सेवामा उपसचिव र शाखा अधिकृत सरहका करिब ७ हजार कर्मचारीहरु कार्यरत रहेका छन्। यसअघि किताबखानाले सचिव र सहसचिवसरहका कर्मचारीको विवरण अद्यावधिक गरिसकेको छ।

संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई महत्वपूर्ण कामका रुपमा हेरिएको छ। 


प्रकाशित : बुधबार, चैत २२ २०७९१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend