सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

एमसीसीमार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
एमसीसीमार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक

भेटमा कुन-कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा छलफल भएको थियो।

images
images

काठमाडौं- अर्थमन्त्री डा‍. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेट गरेका छन्।

images
images
images

बुधबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो। कुन-कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा छलफल भएको मन्त्री डा. महतले जानकारी दिए।

images
images

मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको तथा नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा. महतले बताए।

images
images

अर्थमन्त्री डा महतले भने, 'नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको छ, अहिले पनि आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ।' रासस 


प्रकाशित : बुधबार, चैत २२ २०७९११:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend