सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

होटल व्यवसायीले अर्थमन्त्रीलाई भने - तत्काल बैंकको ब्याज र किस्ता तिर्नसक्ने अवस्थामा छैनौँ

images
बुधबार, चैत २२ २०७९
images
होटल व्यवसायीले अर्थमन्त्रीलाई भने - तत्काल बैंकको ब्याज र किस्ता तिर्नसक्ने अवस्थामा छैनौँ

होटल संघ नेपालका प्रतिनिधिले ब्याजदर घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेका छन्।

images
images

काठमाडौं- होटल व्यवसायीले बैंकको बढ्दो ब्याजदरका कारण होटलजस्तो अति संवेदनशील उद्योग धान्नै नसकिने अवस्था आएको बताएका छन्।

images
images
images

होटल संघ नेपालका प्रतिनिधिले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर अधिक ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकूल देखिएकाले यसलाई घटाएर व्यवसाय  सञ्चालनमैत्री बनाइदिन आग्रह गरेका हुन्।

images
images

होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने तथा बुझाउने जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेकोले पनि संरक्षण गर्नुपर्ने माग गरेका छन्।

images
images

होटल उद्योगले हालको अवस्थामा कुनै पनि हालतमा बैंकलाई साँवा र ब्याज बुझाउन सक्षम नरहेको तर बैंकबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यवसायीहरु आन्दोलित रहेको समेत अर्थमन्त्री महतलाई होटल व्यावसायीले जानकारी गराएका छन्। मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनरकर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गर्न समेत माग गरेका छन्।

होटल संघ नेपालका अध्यक्ष सृजना राणाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटी ज्ञापनपत्र बुझाएका हुन्। उक्त अवसरमा संघका अध्यक्ष राणाले कोभिड-१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको जानकारी गराइएको थियो।

धेरै धनराशी खर्च भई, वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत तथा बढी भन्दा बढी रोजगारी सिर्जना गर्ने होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा समावेश गरी यस उद्योगको जर्गेना गरिदिनसमेत माग गरेका छन्। संघका प्रथम उपाध्यक्ष विनायक शाह, द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कार्यसमिति सदस्य युवराज श्रेष्ठ तथा कानूनी सल्लाहकार गान्धी पण्डितको उपस्थिति रहेको थियो।


प्रकाशित : बुधबार, चैत २२ २०७९११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend