सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

पोखरामा चैत २९ देखि १८औँ फेवा नववर्ष महोत्सव

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
पोखरामा चैत २९ देखि १८औँ फेवा नववर्ष महोत्सव

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा १८औँ फेवा नववर्ष महोत्सव गर्न लागिएको हो।

images
images

गण्डकी- पोखरामा चैत २९ देखि बैशाख १ गतेसम्म १८औँ फेवा नववर्ष महोत्सव हुने भएको छ।

images
images
images

होटल संघ पोखराको आयोजनामा यही चैत २९, ३० र बैशाख १ गते १८औँ फेवा नववर्ष महोत्सव लागेको हो। कोभिड-१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

images
images

कोरोनाले प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पोखरा पर्यटन आगमनमा असर परेको उनले बताए ।

images
images

'यही समयमा बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र उकुसमुकुसको अवस्थाबाट गुज्रनु परेको छ', उनले भने, 'अहिलेको पर्यटकीय यामको ९० प्रतिशत वरपर ‘अकुपेन्सी’ हुनुपर्ने हाम्रा होटलमा क्षमताको २० प्रतिशत हाराहारी मात्र पर्यटक हुनु दुर्भाग्य हो।'

पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुने जानकारी दिँदै अध्यक्ष सुवेदीले उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने बताए। महोत्सवका अवसरमा संघअन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने योजना बनाएका पनि जनाइएको छ। रासस 


प्रकाशित : बुधबार, चैत २२ २०७९११:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend