सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

वरिष्ठ उपाध्यक्षका उम्मेद्‌वार श्रेष्ठको वाचापत्र : जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउन प्रतिबद्ध

एफएनसीसीआई निर्वाचन

images
बुधबार, चैत २२ २०७९
images
वरिष्ठ उपाध्यक्षका उम्मेद्‌वार श्रेष्ठको वाचापत्र : जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउन प्रतिबद्ध

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फका उम्मेद्‌वारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेद्‌वारी घोषणा गरेका छन्।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन चैत २९ गते काठमाडौंमा हुँदैछ। निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले बुधबार औपचारिकरुपमा टिम घोषणा गरेको छ। 

images
images
images

अञ्जनको टिमले वाचापत्र पनि सार्वजनिक गरेको छ। वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले अरण्य होटल, हात्तीसारमा आयोजित घोषणासभामार्फत आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गरेको हो। वाचापत्र सार्वजनिक गर्दै श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको लागि आफूले उम्मेद्‌वारी दिएको उनले बताए।

images
images

घोषणा कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने बताए। नेपालजस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए।

images
images

महासंघलाई नयाँ उचाईमा पुर्‍याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे। आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फका उम्मेद्‌वारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेद्‌वारी घोषणा गरे।

अञ्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेद्‌वारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए। यसैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेद्‌वारी औपचारिकरुपमा घोषणा गरे।


प्रकाशित : बुधबार, चैत २२ २०७९१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend