सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

एकवर्षमै थपियो अर्बपति विनोद चौधरीको ३० करोड डलर सम्पत्ति

images
बुधबार, चैत २२ २०७९
images
एकवर्षमै थपियो अर्बपति विनोद चौधरीको ३० करोड डलर सम्पत्ति

चौधरीले नेपालसँगै भारत, सर्विया, बंगलादेश, पाकिस्तानलगायतका विभिन्न देशमा पनि व्यवसाय फैलाएका छन्। 

images
images

काठमाडौं- नेपालका अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड अमेरिकी डलरले थपिएको छ। गत वर्ष कुल सम्पत्ति १.५ अर्ब डलर रहेका चौधरीको हालको सम्पत्ति १.८ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ।
 
अर्बपतिहरूको सम्पत्तिबारेको सूची सार्वजनिक गर्दै आएको फोर्ब्सका अनुसार गतवर्ष विश्वकै धनीहरूको सूचीमा १९ सय २९ औँ स्थानमा रहेका चौधरी यसवर्ष २ सय ८२ स्थान माथि उक्लिएका हुन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका चौधरी विश्वका १६ सय ४७ औँ धनी बनेका छन्।

images
images
images

सिजि ग्रुप ग्लोबल, नबिल बैंक, सिजि फुड्सलगायतका विभिन्न कम्पनीसँग आवद्ध रहेका चौधरीले नेपालसँगै भारत, सर्विया, बंगलादेश, पाकिस्तानलगायतका विभिन्न देशमा पनि उनको व्यवसाय फैलाएका छन्। 

images
images

हाल विश्वका सबैभन्दा धनी बर्नार्ड आर्नल्ड फ्रान्सका हुन्। उनको कुल सम्पत्ति २११ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ। विश्वकै धनीहरूको सूचीको दोस्रो स्थानमा एलन मस्क रहेका छन्। मस्कको प्रविधि, अन्तरिक्ष, सामाजिक सञ्जाललगायतका विभिन्न क्षेत्रमा लगानी रहेको छ। ५१ वर्षका मस्कसँग हाल १८० बिलियन अमेरिकी डलर सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ।

images
images


प्रकाशित : बुधबार, चैत २२ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend