सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

टिमुरे सुक्खा बन्दरगाह निर्माणले गति लिँदै, ३० प्रतिशत काम सकियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
टिमुरे सुक्खा बन्दरगाह निर्माणले गति लिँदै, ३० प्रतिशत काम सकियो

चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधीन सुक्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोशी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको छ।

images
images

रसुवा- रसुवागढी नाकाअन्तर्गत टिमुरेको भोटेकोशी बगरमा निर्माण भइरहेको सुक्खा बन्दरगाह निर्माण कार्य धमाधम अगाडि बढेको छ। पहिलो चरणअन्तर्गत फलामे रड तथा सिमेन्ट कंक्रिटको माध्यमबाट पिलरवाल निर्माण गरी भोटेकोशी नदीमा तटबन्ध गर्ने काम तीव्ररूपले अगाडि बढेको हो।

images
images
images

चीन सरकारको सहयोगमा विगत चार वर्ष अगाडिदेखि निर्माण सुरू गरिएको सुक्खा बन्दरगाहको निर्माणकार्य तिब्बत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले गरिरहेको छ। चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा निर्माणाधीन सुक्खा बन्दरगाहको पहिलो चरणमा भएको भोटेकोशी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको र समग्रको निर्माण काम भने ३० प्रतिशत पूरा भएको निर्माणमा संलग्न प्राविधिकहरूले बताएका छन्।

images
images

५० हजार नौसय वर्गमिटर क्षेत्रफल ओगटेको सो सुक्खा बन्दरगाह निर्माणमा ८० जना मजदुर कार्यरत रहेको तिब्बत फुल्ली कन्ट्रक्सनका मेनेजर ईउ हाइयाङले जानकारी दिए। तीनसय १३ ठूला कन्टेनर र साना २३ वटा जिपकार भ्यान राख्ने क्षमताको उक्त सुक्खा बन्दरगाहमा व्यवस्थापकीय भवनसमेतका संरचना निर्माण गरिने बताइएको छ।

images
images

कोरोना संक्रमणका कारण निर्माणमा ढिलाई भएको टिमुरेको सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य छिट्टै सम्पन्न गरी आगामी सन् २०२५ को जुनसम्म बुझाइने निर्माण कम्पनीका प्रतिनिधिले प्रतिबद्धता गरेका छन्।

छिटोभन्दा छिटो काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने र निर्माणस्थलको उत्तरतर्फका दुई वटा विद्युत् खम्बा हटाइदिन गरिएको अनुरोध बेवास्ता भएका कारण काममा बाधा परिरहेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, चैत २२ २०७९०९:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend