सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

फोहर बेचेर आम्दानी गर्दै महाकाली प्रादेशिक अस्पताल

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
फोहर बेचेर आम्दानी गर्दै महाकाली प्रादेशिक अस्पताल

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर आम्दानी गर्न थालेको छ। 

images
images

बेदकोट- कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो। 

images
images
images

प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ। अस्पतालमा उत्पादन हुने फोहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताइन्।

images
images

'फोहर संकलन गरेर राख्छौँ, संक्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ', उनले भनिन्, 'फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ।' उनका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ। 

images
images

'एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ', उनले भनिन्, 'फोहर बिक्री गरेर महिनामा १५/२० हजार आम्दानी हुन्छ।' 

पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ। अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नु परिरहेको उनको भनाइ छ। फोहर व्यवस्थापन केन्द्रमा दुई कर्मचारी कार्यरत छन्।  

'जोखिम र बिना जोखिमको फोहर छुट्याइन्छ, जोखिमयुक्त फोहरलाई निर्मलीकरण गरिन्छ', गोमती बोहराले भनिन्, 'कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ।' सुरुमा संकलन गरेको फोहर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको उनले बताइन्।

अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ। जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दा बढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ। बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहर संकलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ। रासस


प्रकाशित : बुधबार, चैत २२ २०७९०७:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend