सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

एफएनसीसीआई निर्वाचन : अञ्जन श्रेष्ठको टिम घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
एफएनसीसीआई निर्वाचन : अञ्जन श्रेष्ठको टिम घोषणा
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षका उम्मेद्‌वार अञ्जन श्रेष्ठले आफ्नो टिम घोषाणा गरेका छन्। 

images
images
images

श्रेष्ठको टिममा उपाध्यक्षतर्फ जिल्ला नगरतर्फ अरुणराज सुमार्गी, वस्तुगततर्फ उपाध्यक्ष मनिषलाल प्रधान, एसोसिएट उपाध्यक्षतर्फ भरत आचार्य उम्मेद्‌वार छन्। 

images
images

टिम घोषणा गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्‌वार श्रेष्ठले 'जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र' भन्ने नारा समेत तय गरेका छन्। 'नेतृत्वका लागि निजी क्षेत्रको अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि मुद्दा अगाडि सारेको छु,' श्रेष्ठले भने। 

images
images

मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीमा रहेकोले तत्काल सरकार र निजी क्षेत्रबीच समन्वय गराउन समेत निजी क्षेत्रले नेतृत्व लिनुपर्ने समय आएको उनले बताए। 'हाम्रो टिम निर्वाचित भएपछि यी विविध समस्या समाधानमा केन्द्रित हुनेछाैँ', श्रेष्ठले भने। 

आर्थिक रुपमा नजोडिएको एक करोड १२ लाख ठूलो जनसंख्या रहेको उल्लेख गर्दै उनले अहिले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो ट्रेन्डमा रहेकाले यसले दीर्घकालमा झनै समस्या पार्ने देखिएको बताए। यो समस्या समाधानका लागि नेपालमै रोजगारी र आम्दानी बढाउन केन्द्रित हुनुपर्ने समय आएको उनको भनाइ छ। 

व्यावसायीलाई हेर्ने र सुन्ने दृष्टिकोण परिवर्तन नहुँदा पनि नयाँ उद्योगहरु खुल्न नसकेको बताउँदै उनले कर तिर्ने क्षेत्रलाई सरकारले सम्मानसमेत गर्न नसकेको बताए। कृषि, पर्यटन, उत्पादन मुलक क्षेत्रको समस्या नजिकबाट हेर्न र देख्न पाएको बताउँदै उनले नेतृत्वमा जाँदै गर्दा मार्गचित्र तयार पारेको स्पष्ट पारे। 


प्रकाशित : बुधबार, चैत २२ २०७९०६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend