सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सुन हालसम्मकै महँगो, बन्यो नयाँ रेकर्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
सुन हालसम्मकै महँगो, बन्यो नयाँ रेकर्ड

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ कायम छ।

images
images

काठमाडौं- लगातार बढिरहेको सुनकाे मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

images
images
images

बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै महँगो भएको हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ कायम छ।

images
images

यसअघि चैत्र ५ मा सुनको मूल्य

images
images

मंगलबार तोलामा एक हजार रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार पाँचसय कायम थियो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँचसय रूपैयाँ कायम थियो। 

बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार प्रतितोला ४० रूपैयाँले बढेर तोलाको एक हजार ४ सय ४० रूपैयाँ कायम छ। मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँ कायम थियो।


प्रकाशित : बुधबार, चैत २२ २०७९०५:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend