सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

भारतीय कम्पनीसँग प्रतिकेजी ५७ रूपैयाँमा युरिया मल खरिद गर्दै सरकार

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २२ २०७९
images
भारतीय कम्पनीसँग प्रतिकेजी ५७ रूपैयाँमा युरिया मल खरिद गर्दै सरकार

कुल १ करोड १६ लाख ६४ हजार डलरमा २७ हजार मेट्रिक टन युरिया मल खरिदका लागि कम्पनी छनोट भएको हो।

images
images

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिडेटले भारतीय कम्पनीसँग २ करोड ७० लाख केजी युरिया मल खरिद गर्ने भएको छ।

images
images
images

साल्ट ट्रेडिङले एक अर्ब ५४ करोड रूपैयाँमा इन्डियन पोटास लिमिडेटसँग उक्त परिमाणबराबरको मल खरिद गर्न लागेको हो। कम्पनीले प्रतिमेट्रिक टन ४ सय ३२ डलरमा लिमिटेडको गोदामसम्म ल्याइदिने छ।

images
images

कुल १ करोड १६ लाख ६४ हजार डलरमा २७ हजार मेट्रिक टन युरिया मल खरिदका लागि कम्पनी छनोट भएको हो। कम्पनीले अब प्रतिकेजी ५७ रूपैयाँमा मल उपलब्ध गराउने छ।

images
images

यसैगरी कृषि सामाग्री केन्द्रले पनि ५ हजार मेट्रिक टन पोटास खरिदका लागि कम्पनी छनोट गरेको छ। केन्द्रले पनि इन्डियन पोटास लिमिटेडसँग नै ३६ करोड ८३ लाख ९१ हजार रूपैयाँमा सो परिमाणबराबरको मल खरिद गर्न लागेको हो। 

केन्द्रले प्रतिमेट्रिक टन ५ सय ५८ डलरमा पोटास खरिद गर्न लागेको हो। केन्द्रले कुल २७ लाख ९० हजार डलरमा ५ हजार मेट्रिक टन पोटास खरिद गर्न लागेको हो।  केन्द्रले खरिद गर्ने पोटास प्रतिकिलो ७४ रूपैयाँ पर्नेछ।


प्रकाशित : बुधबार, चैत २२ २०७९०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend