बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय कार उत्पादनमा फोर्ड आक्रामक, दुई वर्षपछि वार्षिक २० लाख विद्युतीय कार बनाउने 

बुधबार, चैत २२ २०७९
विद्युतीय कार उत्पादनमा फोर्ड आक्रामक, दुई वर्षपछि वार्षिक २० लाख विद्युतीय कार बनाउने 

फोर्डले २०२२ मा ३९ हजार ४ सय ५८ वटा म्याक ई, १५ हजार ६ सय १७ वटा लाइटनिङ र ६ हजार ५ सय वटा ई-ट्रान्जिन बिक्री गरेको थियो। 

काठमाडौं- अमेरिकी सवारी उत्पादक कम्पनी फोर्डले विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। फोर्ड यही वर्षको अन्त्यदेखि नै ६ लाख विद्युतीय कार उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। 

त्यस्तै फोर्डले २०२६ को अन्त्यदेखि वार्षिक २० लाखभन्दा बढी विद्युतीय कार उत्पादन गर्ने दाबी गरेको छ। यो दाबी फोर्डको २०२३ इन्टिग्रेटेड सस्टेनेविलिटी एन्ड फाइनान्सियल रिपोर्टमा गरिएको छ। 

फोर्डले २०२२ देखि २०२६ को बीचमा विद्युतीय सवारी र विद्युतीय सवारीका लागि चाहिने ब्याट्री उत्पादनका लागि ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको थियो। यो लगानी फोर्डले विश्वभर रहेका आफ्नो उत्पादन प्लान्टहरुमा गर्नेछ। 

योसँगै फोर्डले आफ्नो कार उत्पादन प्लान्टबाट कार्बन न्युट्रलको नीति २०५० मा कार्यान्यवयनमा पुगिने जनाएको छ। विद्युतीय सवारी होस् वा अन्य विकल्प अपनाएर होस् कार्बन शून्यमा पुग्ने जिकिर गरेको छ। 

फोर्डले २०३० सम्म आफ्नो विश्वव्यापी कुल कार बिक्रीमा विद्युतीय कारको हिस्सा ५० प्रतिशत पुग्ने बताएको छ। फोर्डले २०१७ मा ग्रिनहाउस इमिसन ४० प्रतिशतले कम गर्न सफल भएको थियो। त्यस्तै फोर्डले कार उत्पादनमा प्रयोग हुने उर्जामध्ये ४२ प्रतिशत नवीकरणीय उर्जा भएकोसमेत जनाएको छ। 

हाल फोर्डले एफ-१५० लाइटनिङ, मस्टाङ म्याक ई र ई-ट्रान्जिट गरि तीन वटा पूर्ण विद्युतीय कार उत्पादन गरिरहेको छ। फोर्डले २०२२ मा ३९ हजार ४ सय ५८ वटा म्याक ई, १५ हजार ६ सय १७ वटा लाइटनिङ र ६ हजार ५ सय वटा ई-ट्रान्जिन बिक्री गरेको थियो। 

फोर्डले विद्युतीय सवारी उत्पादनका लागि थप इन्जिनियर लिने, ब्याट्री प्रविधिलाई परिस्क्रित बनाउने र विस्तार गर्नेलगायतमा लगानी बढाउँदै जाने नीति लिएको छ। विश्वभर विद्युतीय सवारीको मागलाई सम्बोधन गर्ने सवारी उत्पादकहरुले अर्बौं डलर लगानी गरिरहेका छन्। फोर्डले पनि विद्युतीय सवारी र ब्याट्री उत्पादनमा ठूलो लगानी घोषणा गरेको हो। 

दुई अमेरिकी कार उत्पादक जनरल मोटर (जीएम) र फोर्ड तथा भोल्भो कारले विद्युतीय सवारीमा टेस्ला इंकसँग जुध्न संयुक्त प्रयास गर्ने सहमती समेत गरिसकेका छन्। 


प्रकाशित : बुधबार, चैत २२ २०७९०३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend