सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

विश्व बैंक र एडीबीले घटाए आर्थिक वृद्धिको प्रक्षेपण, आगामी वर्ष सुधार हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
images
विश्व बैंक र एडीबीले घटाए आर्थिक वृद्धिको प्रक्षेपण, आगामी वर्ष सुधार हुने 

विश्व बैंकले आगामी वर्ष नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। त्यस्तै एडीबीले पनि ५ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण गरेको छ। 

images
images

काठमाठौं- बहुपक्षीय वित्तीय संस्था विश्व बैंक र एसियाली विकास बैंकले नेपाली अर्थतन्त्रको विस्तार थप संकुचित हुने प्रक्षेपण गरेका छन्। 

images
images
images

यी दुबै संस्थाले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। विश्व बैंकले यसअघिको प्रक्षेपणबाट १ प्रतिशतले घटाएको छ। 

images
images

त्यस्तै एडीबीले पनि यसअघिको प्रक्षेपणबाट घटाएको हो। 

images
images

चालु आर्थिक वर्षको छ महिनासम्म भएको आयातमा कडाइ, विश्वव्यापी मूल्यवृद्धि तथा अन्य आन्तरिक बजारको सुस्तताको असर आर्थिक वृद्धिदरमा देखिएको छ। 

यद्यपि आगामी आर्थिक वर्षमा भने अर्थतन्त्र विस्तार हुने अनुमान गरिएको छ। विश्व बैंकले पर्यटनमा भइरहेको विस्तार तथा खुकुलो हुनसक्ने मौद्रिक नीतिको प्रभाव आगामी वर्ष देखिने छ। 

विश्व बैंले आगामी वर्ष नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। त्यस्तै एडीबीले पनि ५ प्रतिशतको वृद्धिदर कायम हुने प्रक्षेपण गरेको छ। 

 


प्रकाशित : मंगलबार, चैत २१ २०७९१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend