सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

महाकालीमा डुंगा सञ्चालनमा एक वर्षदेखि भारतीय सुरक्षाकर्मीको अवरोध

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
images
महाकालीमा डुंगा सञ्चालनमा एक वर्षदेखि भारतीय सुरक्षाकर्मीको अवरोध

पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन। जोखिमपूर्ण रुपमा डुंगाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन्।

images
images

बैतडी- बैतडीको तल्लोस्वराडस्थित नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ।

images
images
images

जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुंगा सञ्चालनमा रोक लगाएको हो। यहाँका अन्य घाटमा सहजैरुपमा डुंगा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुंगा चालक सुरेन्द्र चन्दले जानकारी दिए।

images
images

पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरुमा डुंगा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ। गाउँपालिकाले ६६ हजार रूपैयाँमा ठेक्कामा डुंगा चलाउने अनुमति दिए पनि एसएसबीले डुंगा चलाउन रोक लगाएको उनको भनाइ छ। 'महाकालीमा डुंगा चलाएरै जीवनयापन गर्दै आएको थिएँ। गत वर्षदेखि एसएसबीले डुंगा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ', उनले भने।

images
images

एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ। डुंगा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको उनले बताए।

भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक-पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ। 'डुंगा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक-पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन। भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ', उनले भने। 

हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुंगा सञ्चालनमा छन्। उनले भने, 'अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुंगा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ। तर समस्या समाधान हुन सकेको छैन।'

हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, 'डुंगा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ।'

पिथौरागढका सुरक्षा अधिकारीसँग चार/पाँचपटक डुंगा सञ्चालनमा रोक लगाएकोसम्बन्धी कुरा भएको र पत्राचारसमेत भएको प्रजिअ पन्थीले बताए। उनले भने, 'पटक-पटक फोन र पत्रचार गर्दासमेत समस्या समाधान हुन सकेको छैन, अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ, त्यसमा पनि कुरा गर्छौं।'

महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुंगामार्फत ओहोरदोहोर गर्ने गरेका छन्। भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन्। तर डुंगा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन्। 

पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन। जोखिमपूर्ण रुपमा डुंगाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन्। तल्लोस्वराड क्षेत्रमा डुंगा सञ्चालन हुने आठवटा घाट छन्। रासस 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend