सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

इजाजत नलिएका तथा मिति गुज्रिएका सामान बिक्री गर्ने ६४ व्यावसायिक फर्ममाथि कारबाही

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
images
इजाजत नलिएका तथा मिति गुज्रिएका सामान बिक्री गर्ने ६४ व्यावसायिक फर्ममाथि कारबाही

अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो। 

images
images

वीरगञ्ज- बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ।

images
images
images

अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो। 

images
images

चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट एक लाख ४९ हजार रूपैयाँ राजस्व संकलन भएको सो कार्यालयका सूचना अधिकारी दिलीप खंग खत्बेले जानकारी दिए।

images
images

यस्तै चालु आव २०७९/८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी दुईसय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको जनाएको छ। सो अवधिमा एक हजार ६ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र ६ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खंगले बताए।

यस्तै उक्त अवधिमा एकसय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उनले जानकारी दिए। ती सबै शीर्षकबाट ८० लाख ३४ हजार तीनसय रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी खंगले बताए।

म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिए। रासस 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend