सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

साझाले ३ वर्ष एकसय बस चलाउन २६ करोडमा छान्यो कम्पनी 

images
मंगलबार, चैत २१ २०७९
images
साझाले ३ वर्ष एकसय बस चलाउन २६ करोडमा छान्यो कम्पनी 

साझाले टेन्डर गरेर चीनबाट ४० वटा विद्युतीय बस खरिद गरेर ल्याइसकेको छ। विभिन्न प्रक्रियागत र प्राविधिक कारण नेपाल आइपुगेको महिनाैँ बितिसक्दासमेत बस सञ्चालनमा भने आउन सकेका छैनन्। 

images
images

काठमाडौं- साझा यातायातले आयात गरेर राखेका विद्युतीयसहित एकसय वटा बस सञ्चालनका लागि चालक, परिचालक तथा सुरक्षा गार्ड उपलब्ध गराउन कम्पनी छनोट गरेको छ।

images
images
images

विद्युतीयसहित एकसय वटा बस ३ वर्षसम्म २६ करोड ७ लाख रूपैयाँमा सञ्चालन गर्ने गरी नलदुर्गा सेक्युरिटी गार्ड सप्लाई सर्भिस प्रालिको प्रस्ताव स्वीकृत भएको छ। 

images
images

सरकारले साझालाई विद्युतीय बस खरिद गर्न ३ अर्ब रूपैयाँ दिएको थियो। त्यस्तै साझा यातायातमा काठमाडौं तथा ललितपुर महानगरपालिकाले समेत सेयर लगानी गरेको छ। साझाले हाल ६० वटाभन्दा बढी डिजेल बससमेत सञ्चालन गर्दै आएको छ। उपत्यकाका विभिन्न रुटमा साझाका बस चलिरहेका छन्। 

images
images

साझाले टेन्डर गरेर चीनबाट ४० वटा विद्युतीय बस खरिद गरेर ल्याइसकेको छ। विभिन्न प्रक्रियागत र प्राविधिक कारण नेपाल आइपुगेको महिनाैँ बितिसक्दासमेत बस सञ्चालनमा भने आउन सकेका छैनन्। 

साझाले एकसय वटा विद्युतीय बस सञ्चालनका लागि चालक, हलुका सवारी चालक, परिचालक तथा सुरक्षा गार्ड आउट सोर्सिङ गरेर राख्ने भएको छ। त्यसका लागि साझाले नवदुर्गा सेक्युरिटीलाई छनोट गरेको हो। यो कम्पनीले साझालाई २६ करोड ७ लाख ४४ हजार ५ सय ३३ रूपैयाँमा (भ्याट बाहेक) ३ वर्षसम्म साझालाई एकसय वटा बसका लागि चालक, हलुका सवारी चालक, परिचालक तथा सुरक्षा गार्ड उपलब्ध गराउनेछ। 

त्यस्तै साझाले ६० वटा कथा कार्यालय, पार्किङलगायत सरसफाइका लागि पनि आउट सोर्सिङका लागि कम्पनी छनोट गरेको छ। यो कार्यका लागि क्याटालिस्ट म्यानेजमेन्ट सर्भिस नेपाल प्रालि छनोट भएको छ। ३ वर्षका लागि सो कम्पनीलाई साझाले एक करोड २ लाख ३ हजार १ सय ९२ रूपैयाँ भुक्तानी गर्नेछ। 

साझाले किनेका ३७ वटा विद्युतीय बस भने अझै सञ्चालनमा आउन सकेका छैनन्। 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend