मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मंसिरदेखि २० युनिटसम्म बिजुली नि:शुल्क : ऊर्जामन्त्री भुसाल

मंगलबार, कात्तिक ९ २०७८
मंसिरदेखि २० युनिटसम्म बिजुली नि:शुल्क : ऊर्जामन्त्री भुसाल

मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने समेत बताएकी छिन्। 

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंसिर १ गतेदेखि २० युनिटसम्म बिजुली बाल्नेहरूलाई निःशुल्क दिने र आन्तरिक खपतमा घटेको महसुल र सिँचाईमा घटेको महसुल लागु हुने बताएकी छिन्। उनले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको समेत बताइन्। 

मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने समेत बताएकी छिन्। 

मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन्।

उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरू बढाउने रहेको बताइन्। मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरूले सहयोग गर्ने पनि स्पष्ट पारिन्। विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरूमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरू विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन्।


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend