सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

images
सोमबार, चैत २० २०७९
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र अवस्थामा छ।

images
images

काठमाडौं- भरतपुर महानगरपालिका-१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सरकारले अघि बढाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गर्दै रंगशालाको स्वामित्व लिएर सरकारले नै निर्माण सम्पन्न गर्ने भएको हो।

images
images
images

भरतपुर महानगरकी मेयर रेनु दाहालले विशेष पहल गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई नै निर्माणमा अघि बढ्न आग्रह गरेकी थिइन्। प्रधानमन्त्री दाहालले पनि केही दिनअघि भनेका थिए, 'चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ताभित्र समाधान हुन्छ र निर्माण कार्य अघि बढ्छ।' 

images
images

धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झण्डै साढे दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ। फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रूपैयाँ भुक्तान गर्न बाँकी रहेको जनाएको छ। फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो।

images
images

केही साताअघि फाउन्डेसनका संस्थापक सिताराम कट्टेल धुर्मुसले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए। सोमबारको मन्त्रिपरिषद्‍को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने छ।


प्रकाशित : सोमबार, चैत २० २०७९१३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend