सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सरकारले सार्वजनिक गर्‍यो एकसय दिनमा गरेका कामको ३७ बुँदे फेहरिस्त

सेवा प्रवाह राम्रो बनाउन दिएका निर्देशनदेखि मिटरब्याज पीडितको समस्या समाधानको पहलसम्म

images
सोमबार, चैत २० २०७९
images
सरकारले सार्वजनिक गर्‍यो एकसय दिनमा गरेका कामको ३७ बुँदे फेहरिस्त

सेवा प्रवाह राम्रो बनाउन दिइएका निर्देशन प्रमुख उपलब्धीका रुपमा देखाउँदै विकास निर्माणको कामलाई गति दिएको, आर्थिक क्रियाकलाप चलायमान भएको, बजेट कार्यान्वयनका लागि पहल भएको जस्ता विषय उल्लेख गरिएका छन्। 

images
images

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेको छ। 

images
images
images

३७ बुँदा लामो विवरणमा सेवा प्रवाह राम्रो बनाउन दिइएका निर्देशन प्रमुख उपलब्धीका रुपमा देखाउँदै विकास निर्माणको कामलाई गति दिएको, आर्थिक क्रियाकलाप चलायमान भएको, बजेट कार्यान्वयनका लागि पहल भएको जस्ता विषय उल्लेख गरिएका छन्। 

images
images

यस्तै राजस्व परिचालनमा प्रभावकारिता ल्याउन पहल लिइएको, राहदानी, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमति पत्रजस्ता कागजात छिटो र सहजताका साथ उपलब्ध गराउन थालिएको, मिटरब्याजी पीडितको समस्या समाधानका लागि विशेष पहल लिएकोजस्ता विषयलाई उल्लेख गरिएको छ। 

images
images

पुस १० गते प्रधानमन्त्री भएका दाहालले गएको शुक्रबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। जुन तीन महिनामै सातौँ पटक मन्त्रिपरिषद्‌ पुनर्गठन हो।

सरकारले अझै पूर्णता पाउन भने सकेको छैन। ६ वटा मन्त्रालय अझै प्रधानमन्त्री दाहाल मातहतमा रहेको छ। उनको जिम्मामा कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय रहेको छ।

यस्तोमा एकसय दिनमा उल्लेखनीय काम गर्न नसकेको आरोप लागिरहँदा सरकारले आफ्नो काम र हासिल भएका उपलब्धीहरूको विवरण सार्वजनिक गरेको हो। 

यस्तो छ सरकारले सार्वजनिक गरेको विवरण


प्रकाशित : सोमबार, चैत २० २०७९११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend