सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बृहत् सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरू

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २० २०७९
images
बृहत् सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरू

नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको आर्थिक व्यवस्थापनमा एक अर्ब ५८ करोड १६ हजार पाँचसय ५० रूपैयाँ लागतमा आयोजनाको कार्य सुरु भएको हो। 

images
images

उदयपुर- उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित बृहत् सुनकोशी लिफ्टिङ खानेपानी योजना सुरू भएको छ। यससँगै लामो समयदेखि यस क्षेत्रका जनताले भोग्दै आएको खानेपानीको समस्याका कारण बसाइँ सर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

images
images
images

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई तथा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङराज विकका अनुसार ठूलो प्रयासपछि सुनकोशीबाट लिफ्टिङ गरेर पानी ल्याउने बृहत् योजना सुरु भएको बताए।

images
images

नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरको आर्थिक व्यवस्थापनमा एक अर्ब ५८ करोड १६ हजार पाँचसय ५० रूपैयाँ लागतमा आयोजनाको कार्य सुरु भएको हो। 

images
images

फिल्ड इञ्जिनियर सुजित महतोका अनुसार लिम्चुङबुङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्म, रौतामाई गाउँपालिकाको वडा नं १ देखि ३ सम्म र ताप्ली गाउँपालिका वडा नं १ देखि ५ सम्मका जनता यसबाट लाभान्वित हुनेछन्। योजनाको पहिलो चरण्मा ट्यांकी निर्माण र पाइप व्यवस्थापन काम सुरु गरिएको उनको भनाइ छ।

दोस्रो चरणमा तीन वटा स्थानका ठूला ट्यांकीमा पानी जम्मा गर्ने र तेस्रो चरणमा धारा जडान र पानी वितरण हुनेछ। योजनाबाट लिम्चुङबुङ गाउँपालिकाका झण्डै तीन हजार, रौतामाका दुई हजार र ताप्लीका तीन हजार ५ सय घरपरिवार लाभान्वित हुनेछन्।

विसं २०५१ मा यस क्षेत्रमा खानेपानी ल्याउका लागि सुनकोशीको पानी लिफ्टिङ गरी वितरण गर्ने भनिए पनि हालसम्म यसले मूर्तरुप पाउन सकेको थिएन। आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताले बेहोर्नुपर्ने एक प्रतिशत रकम गाउँपालिकामार्फत जम्मा भइसकेको पालिकाका अध्यक्षहरुले बताएका छन्। रासस


प्रकाशित : सोमबार, चैत २० २०७९०८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend