सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मधेस प्रदेशले ३ सय ११ किलोमिटर 'मधेस सहिद लोकमार्ग' निर्माण गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
मधेस प्रदेशले ३ सय ११ किलोमिटर 'मधेस सहिद लोकमार्ग' निर्माण गर्दै

विगत दुई आर्थिक वर्षदेखि स्वीकृति पाएर पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो लोकमार्गअन्तर्गत सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्नेछ।

धनुषा- मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ।

जनकपुरधाममा मन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गरी कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट (रुट रेखाङ्कन) सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताए।

मन्त्री यादवले कसैले हिम्मत नगरेसम्म नहुने भएकाले आफूले मधेसको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको दाबी गरे।

विगत दुई आर्थिक वर्षदेखि स्वीकृति पाएर पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो लोकमार्गअन्तर्गत सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्नेछ।

दुईलेनको सो सडक सर्लाहीमा ५१, रौतहट २०, बारा ३६ दशमलव ८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे बन्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि दुई करोड ५० लाखको लागतमा मार्गको डिपीआर तयार गर्ने प्रक्रियाको थालनी हुने मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित : आइतबार, चैत १९ २०७९१३:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend