सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको मिलेमतोमा आर्थिक ऐन हेरफेर गर्ने नासु घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

images
आइतबार, चैत १९ २०७९
images
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको मिलेमतोमा आर्थिक ऐन हेरफेर गर्ने नासु घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

राजनीतिक लेनदेनमा समितिले शर्मालाई चोख्याए पनि त्यतिबेलाका अर्थ मन्त्रालयका अधिकारीहरू भने घिमिरेको हस्तक्षेप भएको अझै स्वीकार गर्छन्। शर्मा अर्थमन्त्री हुनेबित्तिकै घिमिरेले अर्थ मन्त्रालयमा सकृयता बढाएका थिए। 

images
images

काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँगको मिलेमतोमा आर्थिक ऐन हेरफेर गर्ने नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियर दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

images
images
images

भन्सार विभागका तत्कालीन नासु घिमिरेले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड १४ लाख ४६ हजार रूपैयाँ गैरकानूनी सम्पती आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

images
images

घिमिरेले  एयरपोर्ट भन्सार लगायत विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गर्दै गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

images
images

नासु घिमिरे चालु आर्थिक वर्षको बजेट लेखनको समयमा विवादित बनेका थिए। तत्कालीन अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मासँगको साँठगाँठमा घिमिरेले आर्थिक ऐनमा करका दरमै हस्तक्षेप गरेका थिए। 

अर्थमन्त्री शर्माको दूतका रुपमा अनधिकृत रुपमा घिमिरेले समग्रमा बजेट लेखन नै प्रभावित बनाएका थिए। घिमिरेको अनधिकृत प्रवेशको विषय विवादित बनेपछि संसदीय छानबीन समिति नै बनेको थियो। 

राजनीतिक लेनदेनमा समितिले शर्मालाई चोख्याए पनि त्यतिबेलाका अर्थ मन्त्रालयका अधिकारीहरू भने घिमिरेको हस्तक्षेप भएको अझै स्वीकार गर्छन्। शर्मा अर्थमन्त्री हुनेबित्तिकै घिमिरेले अर्थ मन्त्रालयमा सकृयता बढाएका थिए। 

घिमिरेले विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका सदस्य, आफन्तको नाममा लुकाएर राखेको अख्तियारको अनुसन्धानमा खुलेको छ। साथै घिमिरेले आम्दानीभन्दा बढी विभिन्न कम्पनीहरुमा लगानी, सेयर र जग्गा खरिदमा लगानी गरेको पाइएको छ। 

घिमिरेले सरकारी पदमा रहँदा पाएको पारिश्रमिक तथा परिवारको आम्दानी र खर्च भन्दा बढी देखिएको र जसको स्रोत नखुलेको अख्तियारले जनाएको छ। घिमिरे तथा उनको परिवारको आम्दानी तथा खर्च ५ करोड २५ लाख १६ हजार रूपैयाँ रहे पनि उनले जोडेको सम्पति ७ करोड ३९ लाख ६२ हजार रूपैयाँ देखिएको अख्तियारले जनाएको छ। 

घिमिरेले २ करोड १४ लाख ४६ हजार रूपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा दुई करोड १४ लाख ४६ हजार ६ सय ५७ रूपैयाँ  विगो कायम गरी मुद्दा दायर गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 


प्रकाशित : आइतबार, चैत १९ २०७९११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend