सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

चार करोड लागतमा गोंगबुस्थित विष्णुमतीमा पुल बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
चार करोड लागतमा गोंगबुस्थित विष्णुमतीमा पुल बन्दै

चार करोड रूपैयाँ लागतमा बनाउन लागिएको पुलको निर्माण २०८० साल पुसभित्र सम्पन्न हुने बताइएको छ।  

images
images

काठमाडौं- टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु-बानियाँटर पुलको आज शिलान्यास गरिएको छ। नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरेका हुन्।

images
images
images

नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि/रालुकादेवी निर्माण कम्पनीले करिब चार करोड रूपैयाँ लागतमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ।

images
images

सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे।

images
images

साविकको गोंगबुसहित टोखा नगरवासीले विश्वास गरेर तीनपटक नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उनले स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेको काम पूरा सम्पन्न गरी समृद्ध टोखाको पक्षमा दिनरात खटिइरहेको बताए।

वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्काले सडक निर्माण, खानेपानी तथा ढल व्यवस्थापनसहित आमजनजीवनसँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने गरेको स्पष्ट गर्दै पुल निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन स्थानीयसँग अनुरोध गरे। रासस 


प्रकाशित : आइतबार, चैत १९ २०७९०८:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend