सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सांसद निशा डाँगीको प्रश्न - प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आयात भएको हो?

images
आइतबार, चैत १९ २०७९
images
सांसद निशा डाँगीको प्रश्न - प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आयात भएको हो?

शीतल निवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन उनले माग गरेकी हुन्।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छिन्।

images
images
images

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? नेपालमा नै बनेको हो? सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो?’

images
images

शीतल निवास, सिंहदरबार, संसद र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन उनले माग गरेकी हुन्।

images
images

सरकारी ठाउँमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने उनले बताइन्। ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ? ती कुराहरू अंकमा देखिने गरी किन लागु भएनन्? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु' उनले भनिन्। 

उनले अघि भनिन्, ‘सिंहदरबार, बालुवाटार, शीतलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ। यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’


प्रकाशित : आइतबार, चैत १९ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend