सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
चोरी भएका मूर्ति खोजीका लागि दबाब दिँदै चापागाँउमा सडक बन्द

चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीनवटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार रातको समयमा चोरी भएको थियो। चैत्यमा विसं ८२७ मा ती मूर्ति स्थापना गरिएको शिलालेखमा उल्लेख छ। 

images
images

पाटन- ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुद्ध गरेका छन्। 

images
images
images

स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन्। चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको तीनवटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार रातको समयमा चोरी भएको थियो। चैत्यमा विसं ८२७ मा ती मूर्ति स्थापना गरिएको शिलालेखमा उल्लेख छ। 

images
images

सडक अवरुद्ध गर्दै स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिकाको विरोधमा खबरदारी गरिरहेका चन्द्रमान महर्जनले संस्कृति र सम्पदा संरक्षणमा नगरप्रमुख वडा अध्यक्ष तथा जनप्रतिनिधि उदासिन भएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘हामीले मत दिएर जिताएका जनप्रतिनिधिलाई स्थानीय सम्पदा मासिँदा चासो हुनुपर्छ’, उनले भने। 

images
images

महानगरी प्रहरी वृत चापागाउँका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले स्थानीयवासीले सांकेतिक रुपमा केही समय सडक अवरोध गरेको बताए। ‘उहाँहरुले बिहान सांकेतिक रुपमा केही समय सडकमा आवागम अवरोध गर्नुभयो। अहिले सडक सञ्चालन छ। मूर्ति चोरीका सम्बन्धमा अनुसन्धान जारी छ’, उनले भने। 

महानगरीय प्रहरी वृत्त चापागाउँदेखि करिब तीनसय मिटर दुरीमा रहेको चैत्यमा राखिएका चार मूर्तिमध्ये तीनवटा चोरी भएको थियो। रासस 


प्रकाशित : आइतबार, चैत १९ २०७९०८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend