सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १८ २०७९
images
वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकीको निर्णय

यही चैत २८ र २९ गते आयोजना हुने एफएनसीसीआईको आसन्न ५७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ। 

images
images

पोखरा- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठलाई जिताउन एफएनसीसीआई गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ।

images
images
images

पोखरा उद्योग वाणिज्य संघको प्रस्तावमा शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो।

images
images

प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरेको हो। बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग वाणिज्य संघका साथै लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही जिल्ला नगरका अध्यक्षहरुको सहभागिता रहेको थियो।

images
images

सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उम्मेदवारीलाई सबै सदस्यहरुले सर्वसम्मतरुपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद दिए। कार्यक्रममा आफ्नो धारणा राख्दै श्रेष्ठले उद्योगीहरुको समस्या र चुनौतीहरुलाई समाधान गर्न आफू लागिपर्ने बताए। 

‘गण्डकी प्रदेशका उद्योगी साथीहरुले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु', श्रेष्ठले भने, 'उहाँहरुको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु।’

यही चैत २८ र २९ गते आयोजना हुने एफएनसीसीआईको आसन्न ५७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ। 


प्रकाशित : शनिबार, चैत १८ २०७९१२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend