सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भने - तपाईंहरुको सबै माग पूरा हुन्छ

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत १८ २०७९
images
मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भने - तपाईंहरुको सबै माग पूरा हुन्छ

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको माग पूरा हुने वातावरण नभएसम्म घर नफर्किने समेत अडान राखेका छन्। 

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन्। शनिबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको हो।

images
images
images

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आइपुगेका मिटरब्याज पीडित प्रधानमन्त्रीसँगको भेटमा ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए। 

images
images

उनीहरुले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने,मिटरब्याजलाई आर्थिक अपराधको रुपमा कानूनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संसोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन्। 

images
images

यस्तै तमसुकका आधारमा चलाइएका मुद्दाहरु स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरुमा समेृत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न समेत उनीहरुले माग गरेका छन्। उनीहरुले प्रधानमन्त्रीसमक्ष आफूहरुको माग पूरा हुने वातावरण नभएसम्म घर नफर्किने समेत अडान राखेका छन्। 

उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको बताए। उनले पीडितको सबै माग सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए। 'तपाईंहरूको सबै माग पूरा हुन्छ', उनले भने, 'यो ठूलो मुद्दा हो, तपाईंहरूले जित्नुपर्छ। हामी सबैले जित्नुपर्छ।'

पीडितहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ। अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ।


प्रकाशित : शनिबार, चैत १८ २०७९०५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend