सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

अन्तर्राष्ट्रिय संस्थाबाट नेपाली बैंकको अडिट हुँदा फाइदा हुन्छ : बैंकर्स संघका अध्यक्ष केसी 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १७ २०७९
images
अन्तर्राष्ट्रिय संस्थाबाट नेपाली बैंकको अडिट हुँदा फाइदा हुन्छ : बैंकर्स संघका अध्यक्ष केसी 

नेपाली बैंकको अन्तर्राष्ट्रिय संस्थाको अडिट यसअघि पनि भएको र यसले गर्दा राम्रो भए विश्वासनीयता बढ्ने र समस्या भएमा सुधारका लागि अवसर मिल्ने केसीको भनाइ छ। 

images
images

काठमाडौं- नेपाली बैंकहरूले अन्तर्राष्ट्रिय संस्थाले लेखापरीक्षण गर्दा विश्वासनीयता झन बढ्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन्। 

images
images
images

नेपाल सरकारले गरेको प्रतिबद्धतता तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित ऋण सुविधा सम्झौता अन्तर्गतको सर्त अनुसार हुन लागेको अन्तर्राष्ट्रिय संस्थाको अडिटबाट नेपालका बैंक, नियमन तथा समग्र वित्तीय क्षेत्रको विश्वासनीयतामा वृद्धि हुने केसीको भनाइ छ। 

images
images

‘अन्तर्राष्ट्रिय संस्थाको स्वतन्त्र लेखापरीक्षणबाट हामीलाई फाइदा नै हुन्छ’ उनले भने,’ नेपाल बैंकर्स संघले यसमा अन्यथा लिने कुरै हुँदैन।’

images
images

नेपाल सरकारलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको ३९ करोड अमेरिकी डलर ऋण सम्झौतामा नेपालका १० ठूला बैंकको अन्तर्राष्ट्रिय स्तरको विश्वासनीय लेखापरीक्षकबाट लेखापरीक्षण गराउने कुरा उल्लेख छ। 

ऋण माग गर्दा नै नेपाल सरकारले कोष समक्ष नेपालको बैंकिङ नियमन गुणस्तरीय छ भनेर विश्वास दिलाउनका लागि तेस्रो पक्षा अडिट गराउन तयार रहेको प्रतिबद्धतता गरिएको थियो। 

सोही प्रतिबद्धता अनुसा ऋण सुविधा लिनका लागि यसो सर्त पनि समावेस गरिएको छ। 

नेपालले यो ऋण सुविबाट पहिलो किस्ता भुक्तानी लिइसकेको छ भने दोस्रो किस्ताका लागि कोषले भर्खरै समीक्षा सम्पन्न गरेर गएको छ। यो समीक्षा बोर्डले स्वीकृत गरेमा दोस्रो किस्ता भुक्तानी हुनेछ। 

तेस्रो किस्ता भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सुरुमै अडिटको निर्णय गराउनुपर्छ। त्यसपछि आउने समीक्षा टोलीले अनुगमन गर्ने छ। सो अनुगमनपछि नेपालले अर्को किस्ता पाउने छ। 

नेपाली बैंकको अन्तर्राष्ट्रिय संस्थाको अडिट यसअघि पनि भएको र यसले गर्दा राम्रो भए विश्वासनीयता बढ्ने र समस्या भएमा सुधारका लागि अवसर मिल्ने केसीको भनाइ छ। 

‘अन्तर्राष्ट्रिय संस्थाले अडिट गर्दा झनै अन्तर्राष्ट्रिय जगतले हेर्ने दृष्टिकोण सकारात्मक हुने छ। बैकर्स संघले यसलाई कुनै पनि कोणबाट नकारात्मक लिएको छैन। हामीले कसरी काम गरिरहेका छौ, कतै केही समस्या रहेछ भने पनि जानकारी हुन्छ। यसले झनै सुधार गर्ने मौका हुन्छ’ केसीले भने। 

 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०७:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend