सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

खोला किनारलाई घडेरी बनाएर बेच्न खोजिँदै, जग्गा दलालले लगाएको पर्खाल उपमहानगरले भत्काइदियो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १७ २०७९
images
खोला किनारलाई घडेरी बनाएर बेच्न खोजिँदै, जग्गा दलालले लगाएको पर्खाल उपमहानगरले भत्काइदियो

पातुखोलामा बजारदेखि नै अतिक्रमण गर्दै आएपछि अन्य क्षेत्रमा पनि अतिक्रमणको दबदबा बढेको छ। केही वर्षअघि उपमहानगरपालिकाले पातुखोलालाई एकदमै जोखिम क्षेत्रका रूपमा प्रतिवेदन सार्वजनिक गरेको थियो।

images
images

दाङ- दाङको तुलसीपुरस्थित पातुखोलामा ‘रिटेनिङ वाल’ बनाएर घडेरी बेच्न खोजेपछि तुलसीपुर उपमहानगरपालिकाले सो पर्खाल भत्काइदिएको छ।

images
images
images

तुलसीपुर उपमहानगरपालिका-८ र १० मा पर्ने पातुखोलामा जग्गा दलालले घडेरी बेच्नका लागि पर्खाल बनाउन लागेको थाहा पाएपछि उपमहानगरपालिकाका कर्यवाहक प्रमुख मानबहादुर रावतसहित तुलसीपुरका सबैजसो वडाध्यक्ष तथा कर्मचारी पुगेर भत्काएका हुन्।

images
images

'त्यहाँ करिब ५० मिटरभन्दा बढीमा तटबन्ध गर्न लागिएको रहेछ, त्यो तटबन्ध पूरा गरेको भए करिब १० कठ्ठा जग्गा निकाल्न सकिन्थ्यो', कार्यवाहक प्रमुख रावतले भने, 'त्यो कुरा हामीले थाहा पाएपछि तटबन्ध भत्काएका छौँ।'

images
images

दिउँसो त्यहाँ मजदूरले काम गरिरहेकै सन्दर्भमा उपमहानगरपालिकाको जेसिबी लिएर भत्काइएको हो। त्यहाँ पूर्वतर्फको वडा नं १० मा पर्छ भने पश्चिमतर्फको वडा नं ८ मा पर्छ। ठेकेदार झग्गु भण्डारीले पश्चिमतर्फको जग्गालाई घडेरी बनाउनका लागि रिटेनिङ वाल लगाउन थालेको स्वीकार गरेको कार्यवाहक प्रमुख रावतले बताए। त्यहाँ करिब २५ मिटर जति खोला च्यापिएको थियो।  

केही समय अघिदेखि त्यहाँ तटबन्ध बनाउन थालिएको थियो। पातुखोलामा निर्माण भएको अटोभिलेजबाट केही दक्षिणतर्फ घडेरी बनाउन लागेको थाहा पाएपछि आफूहरू सक्रिय भएको रावतले बताए।

पातुखोलामा बजारदेखि नै अतिक्रमण गर्दै आएपछि अन्य क्षेत्रमा पनि अतिक्रमणको दबदबा बढेको छ। केही वर्षअघि उपमहानगरपालिकाले पातुखोलालाई एकदमै जोखिम क्षेत्रका रूपमा प्रतिवेदन सार्वजनिक गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend