सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

ट्राफिक प्रहरीद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु

images
शुक्रबार, चैत १७ २०७९
images
ट्राफिक प्रहरीद्वारा क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु

सवारीसाधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्र भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिँदै आएको छ।

images
images

काठमाडौं- ट्राफिक प्रहरीले क्यूआर कोडसहित प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि क्यूआरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको हो।

images
images
images

सिफारिसपत्रमा शंका लागेमा जुनसुकै क्यूआर कोड रिडरमार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी जाँच गर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनले सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्यूआर कोड रिडरसहितको प्रतिलिपि सिफारिस दिन सुरु गरिएको बताए।

images
images

सवारीसाधनको कागजपत्र हराएको भनी प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरी कार्यालयमा कागजपत्र भए/नभएको यकिन गरी कारबाहीमा नपरेको अवस्थामा ट्राफिक प्रहरीले प्रतिलिपिको सिफारिस दिँदै आएको छ।

images
images


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend