बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

यामाहाको नयाँ वर्ष योजना ‘पावर अफ फाइभ’

बिहीबार , चैत १६ २०७९
यामाहाको नयाँ वर्ष योजना ‘पावर अफ फाइभ’

त्यस्तै यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गरेपछि वाइल्ड कार्डमार्फत १ लाख रुपैयाँसम्म पाउन सकिनेछ।

काठमााडौं- यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०८० का लागि नयाँ अफर ल्याएको छ। विभिन्न उपहार तथा स्किर समावेश गरिएको ‘पावर अफ फाइभ’ योजना सार्वजनिक भएको हो। 

यो योजना अन्तर्गत कम्पनीले यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँ ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गाएको छ। त्यस्तै यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गरेपछि वाइल्ड कार्डमार्फत १ लाख रुपैयाँसम्म पाउन सकिनेछ। 

यसैगरि मोटरसाइकल गरेपछि ३ जनाले रिफरल कोड सेयर गरेर साप्ताहिक रुपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्ने मौका पाउने छन्। यो योजना भने आर१५, एमटी१५ र फसिनो बाहेकका अन्य यामाहाका मोटरसाइकल तथा स्कुटरमा मात्र लागु हुने कम्पनीले जनाएको छ। 

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको हो। पहिलो योजनामा जो कोहीले घरमै बसेर स्किमको वेबसाइटमा भएर वा ब्यूआर कोड स्क्यान गरेर यो योजनामा सहभायी हुन सक्नेछन्। अन्य विभिन्न अफहरु यामाहाले ल्याएको हो। 


प्रकाशित : बिहीबार , चैत १६ २०७९११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend