सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

स्वर्णिम वाग्लेले त्यागे नेपाली कांग्रेस 

images
बिहीबार , चैत १६ २०७९
images
स्वर्णिम वाग्लेले त्यागे नेपाली कांग्रेस 

२०७२ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा योजना आयोगको सदस्य र त्यसपछि २०७५ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए। 

images
images

काठमाडौं- अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन्। 

images
images
images

नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमिसँगै कांग्रेसमा जोडिएर पछिल्लो दशक पार्टीकै विभिन्न काममा संलग्न रहेका वाग्लेले आजदेखि त्याग गरेको घोषणा गरेका छन्। 

images
images

‘वि. स. २०४२ सालको 'सत्याग्रह' र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु’ वाग्लेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

images
images

पछिल्लो तीन दशकदेखि अप्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेका थिए। 

२०७२ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा योजना आयोगको सदस्य र त्यसपछि २०७५ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए। 

नेपाली कांग्रेसँग जोडिएर वाग्लेले योजना आयोगको नियुक्तिमात्र पाएका थिए। नेपाली कांग्रेसको आधुनिक अनुहारका रुपमा हेरिएका वाग्ले गएको निर्वाचनमा चितवनमा टिकटका लागि लागिपरेका थिए। 

चुनावको समयमा काठमाडौं, चितवन र गोरखामध्ये जहाँबाट भएपनि टिकट पाए प्रतिस्पर्धा गर्ने उनले नेतृत्व समक्ष दाबी गरेका थिए। तर उनलाई कांग्रेसले अवसर दिएन। 

गएको निर्वाचनको समयमा नेपाली कांग्रेसको घोषणापत्र लेखन समितिका मुख्य भूमिका रहेका वाग्लेले कांग्रेस त्यागको घोषणा गरेर नयाँ भूमिका प्रस्तुत हुने घोषणा गरेका छन्। यद्यपि उनले कुन पार्टीमा जाने भनेर खुलाएका छैनन्। 

पछिल्लो समय नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले वाग्लेको पक्षमा थिएनन्। उनीहरूले वाग्लेलाई जहाँबाट पनि रोकिरहेका थिए। 

अन्तर्राष्ट्रिय स्तरमै उच्चस्तरको भूमिका पाएका अर्थशास्त्री वाग्लेले यूएनडीपी , विश्व बैंकजस्ता निकायमा बसेर काम गरिसकेका छन्। 

विश्व बैंकको वरिष्ठ आर्थशास्त्री, यूएनडीपीको क्षेत्रीय सल्लाहकार भएर काम गरिसकेका वाग्ले अहिले भने नेपालकै पूरानो थिंकट्यांक आईआईडीएसका अध्यक्ष छन्। 


प्रकाशित : बिहीबार , चैत १६ २०७९११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend