सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

बैंकमाथि सडकबाट आक्रमण हुँदा अन्तर्राष्ट्रिय चासो बढ्यो, दुर्घटना हुनसक्छ - अध्यक्ष केसी 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १६ २०७९
images
बैंकमाथि सडकबाट आक्रमण हुँदा अन्तर्राष्ट्रिय चासो बढ्यो, दुर्घटना हुनसक्छ - अध्यक्ष केसी 

अहिले निक्षेप बढ्दो क्रममा रहेकोले अब छिट्टै केही ब्याज घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ।

images
images

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले केही महिनायता सडकका फोरममा आएर बैंक जस्तो संवेदनशील विषयलाई अफवाह फैलाउने कार्य हुन दुर्भाग्यपूर्ण रहेको बताएका छन्। 

images
images
images

अहिले झट्ट हेर्दा बैंकमाथिको मात्रै आक्रमणजस्तो देखिए पनि यो अर्थतन्त्रमाथिकै आक्रमण भएको उनले बताए। यस्तो विषयले विदेशी लगानी र लगानीकर्तामा समेत चासो देखिएकोले दीर्घकालीन असर पार्ने समेत अध्यक्ष केसीले बताए। 

images
images

अहिले विदेशी लगानी आउनेक्रम घटेको समयमा यस्ता प्रवृत्ति रोक्न सकिएन भने गम्भीर समस्या आउने उनको भनाइ छ। यो आक्रमण ५४ खर्ब निक्षेपमाथि भएकोले सबै पक्ष गम्भीर हुनुपर्ने उनले बताए। 

images
images

'बैैंकिङ क्षेत्रमाथि सडक बाट आक्रमण हुनुले नेपालमा मात्रै नभएर अन्तरास्ट्रिय चासो बढेको छ', उनले भने, 'यो समस्या बढ्दै गए धेरै विषयमा नेपाललाई समस्या पर्न सक्छ। कतै कमजोरी भए सबै मिलेर सच्याउनतिर लाग्नुपर्छ।'

अहिले ब्याजदरको विषयमा समेत केही भ्रम फैलिएको पनि उनले बताए। १० वर्ष अगाडि पनि १३ प्रतिशतसम्म ब्याजदर रहेको बताउँदै बढ्नु र घट्नु बजारको कुरा रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रियरुपमै बढेको ब्याजदर नेपालमा अन्यत्र देशमा जसरी नबढेको उनले बताए।

अहिले निक्षेप बढ्दो क्रममा रहेकोले अब छिट्टै केही ब्याज घट्ने उनको भनाइ छ। उनका अनुसार अहिले व्यावसायमा केही मन्दी आएको छ तर माग भएमा २ खर्ब हाराहारी ऋण लगानी गर्न सक्ने अवस्था छ। 

यस्तै उनले खराब कर्जाको विषयको चासोमा केही समस्या आए पनि तर ठूलो समस्या नआउने बताए। घरजग्गा कारोबारमा केही समस्या आउँदा निष्कृय कर्जा केही बढेको तर सुधार हुँदै जाने उनले स्पष्ट पारे।


प्रकाशित : बिहीबार , चैत १६ २०७९१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend