सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

लोकप्रिय हुँदै ‘लोकोन्याभ’, यी हुन् पाँच विशेष फाइदा

images
बिहीबार , चैत १६ २०७९
images
लोकप्रिय हुँदै ‘लोकोन्याभ’, यी हुन् पाँच विशेष फाइदा

आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालकमाथि फ्लीट म्यानेजरको नियन्त्रणलाई कायम राख्न धेरै मद्दत पुर्याउने गर्दछ।

images
images

काठमाडौं- नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरुमा प्रयोग हुने गाडी र फ्लीटहरुको दक्षता र उत्पादकताको व्यवस्थापनको लागि सिप्रदीले ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेर ल्याएको छ।

images
images
images

अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसँग सहकार्य गरेर नेपाली बजारलाई सुहाउँदोे सवारीसाधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेर ल्याएको हो।

images
images

सवारीसाधनको उत्पादकत्व बढाउन त्यसमा लाग्ने इन्धन र मर्मतको लागतको प्रमुख भूमिका हुने गर्दछ। ग्राहकहरुको यही आवश्यकतालाई बुझेर ल्याइएको लोकोन्याभ, नेपाली बजारलाई किफायती सवारी साधन ट्रयाकिङ एन्ड फ्लीट म्यानेजमेन्ट सफ्टवेर सावित हुने सम्भावना छ। जीपीएस प्रविधिबाट चल्ने यो सफ्टवेरको दैनिक प्रयोगले फ्लीट सञ्चालनमा आउने चुनौतीहरूको समाधान प्रयोगकर्ताहरुले तुरुन्तै पाउन सकिनेछ। त्यसैले छोटो समयमै लोकोन्याभ अटोमोबाइल बजारमा चर्चित हुँदैछ।

images
images

लोकोन्याभको लागि सिप्रदीको तर्फबाट रजिया श्रेष्ठका अनुसार लोकोन्याभ नेपाली बजारमा ल्याएको पाँच महिना भएको छ। लोकोन्याभको बिक्रि सुरु गरेको पाँच महिनामा नै यो सफ्टवेरले ग्राहकहरुको विभिन्न समस्याको एउटा समाधान बन्न सफल हुँदैछ। अहिले लोकोन्याभका प्रयोगकर्ताहरुबाट ५ प्रमुख फाइदाहरुको प्रकिया आइरहेको छ।

सबैभन्दा पहिले लोकोन्याभबाट व्यवसायको फ्लीटको उत्पादकतामा सुधार भइरहेको छ। सवारी साधन ट्र्याकिङ सिस्टमले फ्लीट म्यनाजेरलाई आफ्नो सवारी साधनले गर्ने ट्रीपको व्यवस्थापन र निगरानी राख्न मद्दत पुर्याउनुका साथै अनावश्यक ट्रीपहरुको व्यवस्थापन गर्न मद्दत पुर्याउँछ।

आफ्नो गाडी कहिले कहाँ चलेको छ भनेर निगरानी गर्ने यो सिस्टमले चालकमाथि फ्लीट म्यानेजरको नियन्त्रणलाई कायम राख्न धेरै मद्दत पुर्याउने गर्दछ। त्यसैले ट्रीप म्यानेज्मेन्टका साथै गाडीमा हुने इन्धनको खपत घटाउन पनि सहजता भएको प्रक्रिया आइरहेको छ।

आफ्नो गाडीको सुरक्षा र व्यवस्थापन एकल ग्राहक वा फ्लीट म्यानेजर दुवैका लागि चुनौतिपूर्ण कार्य हो। त्यसैले सवारी साधनको सुरक्षाको लागि लोकोन्याभमा इममोबिलाइजेसन फिचर लोकप्रिय हुँदै गइरहेको छ। यसबाट आफ्नो सवारी साधनलाई जुनसुकै स्थानबाट पनि लक गर्न सकिने जसले गर्दा लोकोन्याभ प्रयोगकर्ताहरुले आफ्नो गाडी सुरक्षित रहेको महसुस गरिरहेका छन्। अझै यो फिचरको सबैभन्दा फाइदा बैंक तथा वित्तिय संस्थाहरुले ऋणमा दिइएको सवारी साधन ट्र्याक गरी पत्ता लगाउन प्रयोग गरिरहेका छन्। 

तेस्रो फाइदाको कुरा गर्नुपर्दा लोकोन्याभबाट चालक व्यवहार अनुगमन गर्न सकिन्छ। गाडी लापरबाही ढंगले चलाएमा जनधनको क्षतिका साथै मर्मतसम्भारमा ठूलो लागत लाग्न सक्छ। त्यसैले लोकोन्याभको सिस्टम मार्फत फ्लीट म्यानेजरहरुले चालकहरुको ब्रेकिङ शैली, एक्सेलेरेशन, रफ्तार, कर्नेरिङजस्ता तथ्यांकहरु प्राप्त गर्न सकिन्छ।

यस जानकारीले चालकहरुलाई क्षति अगाडी नै तालिम वा सुधारका लागि सुझाव दिन सकिन्छ। विद्यालयहरुले पनि स्कूल बस प्रयोग गर्ने आमाबाबुहरुलाई आफ्ना बच्चाहरु स्कुलबसमा हुँदा सुरक्षित छन् भनेर आश्वासन लोकोन्यावको प्रयोगले दिइराखेका छन्।

चौथो फाइदाको कुरा गर्नुपर्दा लोकोन्याभ अहिले गाडी व्यवस्थापनको लागि कुशल साथीको रुपमा प्रयोग भइरहेको छ। उचित प्रविधिबिना फ्लीटको व्यवस्थापन गर्नु भनेको एकदम गाह्रो र तनावपूर्ण काम हो जसले समय, ऊर्जा र पैसा सबै खर्च हुने गर्छ।

अझै लजिस्टिक र डेलिभरी कम्पनीहरुमा यसको महत्व अझै बढी रहेको हुन्छ। लोकोन्याभको फ्लीट म्यानेजमेन्ट सिस्टमले सञ्चालन टिमलाई ट्रिपहरु सजिलै तोक्न र ट्रयाक गर्न सक्ने बनाइदिन्छ। आफ्ना ग्राहकहरुलाई समेत सामान कहाँ आइपुग्यो भनेर ट्रयाक गर्ने विकल्प दिन्छ। जसले गर्दा डेलिवेरी कम्पनीका ग्राहकहरुमा विश्वसनीयता कायम गर्न सहज भइरहेको छ।  

पाँचौ फाइदाका रुपमा लोकोन्याभले प्रयोगकर्ताहरुलाई विश्लेषणात्मक सुविधा पनि प्रदान गर्दै आएको छ व्यापारिक निर्णयहरुमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ। ग्राहकहरुलाई आवश्यकता अनुसारको आउने रिपोर्टले कम्पनीको फ्लीट व्यवस्थापनको समग्र दृश्य एकैसाथ हेर्न सकिन्छ। नेपालका विभिन्न उद्योग, कारखाना, शिक्षण संस्था, यातायात व्यवसायहरुले भरोसा गरिरहेको यस लोकोन्याभबाट पाइरहेको विश्लेषणात्मक समाधानले एकदम सन्तुष्ट छन्।


प्रकाशित : बिहीबार , चैत १६ २०७९०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend