बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भारतबाट सुजुकीले निर्यात गर्‍यो २५ लाख कार, नेपालको स्थान कहाँ?

शुक्रबार, चैत १७ २०७९
भारतबाट सुजुकीले निर्यात गर्‍यो २५ लाख कार, नेपालको स्थान कहाँ?

हाल मारुती सुजुकीले भारतबाट करिब १ सय देशमा कार निर्यात गर्दै आएको छ। मारुती सुजुकीको मुख्य निर्यात बजार अफ्रिका, ल्याटिन अमेरिका, एसिया तथा मध्यपूर्व हो। 

काठमाडौं- भारतबाट सुजुकीका २५ लाख कार निर्यात पुरा गरेको छ। जापानी कम्पनी सुजुकी मोटर कर्पोरेसनको बहुमत सेयर रहेको भारतीय कम्पनी मारुती सुजुकीले भारतबाट आर्थिक वर्ष १९८६-८७ बाट निर्यात सुरु गरेको थियो। 

मारुती सुजुकीले पहिलो पटक ५ सय कार हंगेरी पठाएको थियो। १९८७ सेप्टेम्बरमा कम्पनीले पहिलो सिपमेन्ट गरेको थियो। हंंगेरीपछि बंगलादेश र त्यसपछि तेस्रो कार निर्यात गरेको देश नेपाल हो। 

सुजुकी मोटर कर्पोरेसनको पूर्णसहयोग रहेको मारुती सुजुकीले त्यसपछि अन्य विभिन्न कम्पनीमा आफ्नो निर्यात विस्तार गर्दै लग्यो। हाल मारुती सुजुकीले भारतबाट करिब १ सय देशमा कार निर्यात गर्दै आएको छ। मारुती सुजुकीको मुख्य निर्यात बजार अफ्रिका, ल्याटिन अमेरिका, एसिया तथा मध्यपूर्व हो। 

मारुती सुजुकीले हालै सावैजनिक भएको ग्रान्ड भिटारासहित १७ वटा मोडल निर्यात गरिरहेको छ। ग्रान्ड भिटारा ल्याटिन अमेरिका निर्यात भइसकेको छ भने नेपाल पनि आयात भइसकेको छ। ग्रान्ड भिटारा नेपालसहित ६० देशमा निर्यात गर्ने लक्ष्य मारुती सुजुकीले लिएको छ। 

मारुती सुजुकीका मुख्य निर्यात हुने मोडलमा स्वीफ्ट, डिजायर, एसप्रेसो, बलेनो, ब्रेजा, ग्रान्ड भिटारालगायत रहेका छन्। 

भारतबाट सबैभन्दा धेरै कार निर्यात गर्ने मारुती सुजुकी

मारुती सुजुकीले आर्थिक वर्ष २०२२ मा भारतबाट २ लाख ६३ हजार ६८ वटा कार निर्यात गरेको हो। अघिल्लो आर्थिक वर्ष २०२१ मा मारुती सुजुकीले भारतबाट २ लाख ५ हजार ५० वटा कार निर्यात गरेको थियो। 

सुजुकीको कार खपत गर्नेमा नेपाल पनि अग्रस्थिानमा रहेको छ। नेपाली बजारमा सुजुकीका कार उल्लेख्य संख्यामा बिक्री हुँदै आएको छ। भारतमा बनेको, जापानी ब्रान्ड, सहज स्पेयर पार्ट तथा सर्भिसको उपलब्धताका कारण धेरैको रोजाइमा सुजुकीका कार पर्ने गरेको छ। 

भारत सरकारले मेकइन इन्डिया परियोजना मार्फत भारतमै उत्पादन र त्यहाँबाट निर्यात गर्नेलाई उच्च प्राथमिकता दिएको छ। सरकारको सहयोग र प्यारेन्ट कम्पनी सुजुकी मोटर कर्पोरेसनको साथले मारुती सुजुकी भारतबाट निर्यातलाई अझ प्राथमिकता दिने मारुती सुजुकी इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा सीईओ हिसाशी टाकाचीले बताएका छन्। 

सुजुकीले भारतमा विद्युतीय कार उत्पादनलाई समेत प्राथमिकतामा रखेको छ। अन्य सवारी उत्पादकले धमाधम विद्युतीय कारका मोडल सार्वजनिक गरिरहेको अवस्थामा मारुती सुजुकीले हालसम्म विद्युतीय कार उत्पादन भने गरेको छैन। यद्यपी मारुती सुजुकीले २०२५ भित्रै विभिन्न मोडलका विद्युतीय कार ल्याउने बताएको छ। 


प्रकाशित : शुक्रबार, चैत १७ २०७९११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend