सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

पुल मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १६ २०७९
images
पुल मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

पर्वतकै पहिलो नमूना कुश्मा ज्ञादी झोलुंगे पुलले फलेवास नगरपालिका र तीन गाउँपालिका महाशीला, पैयुँ र बिहादीलाई सदरमुकाम कुश्मासँग जोडेको छ। यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुंगे पुल निर्माण भएका छन्।

images
images

पर्वत- पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुंगे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ। पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन्।

images
images
images

पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै-कुनै ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन्। झोलुंगे पुलमा मोटरसाइकल गुडाउँदा जोखिम झन् बढेको छ।

images
images

मोदी खोलामाथि रहेको एकसय ३५ मिटर उचाइ र तीनसय ४४ मिटर लम्बाइको सो झोलुंगे पुलमा दैनिक तीनसय बढी मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन्। ‘गाउँको कृषि उत्पादन बजार ल्याउनेदेखि आधा पर्वत रहेको दक्षिण भेगलाई कुश्मासँग जोड्न पुल निर्माण गरिएको हो’, पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले भने, ‘पुलमा मोटरसाइकल गुडाउन लगाएको रोक हाम्रो प्रयासले मात्र सम्भव भएन।’

images
images

पुल संरक्षण समितिका अध्यक्ष शर्माले पुुल मर्मतका लागि कुश्मा नगरपालिकामा धेरैपटक हारगुहार गरेको भए पनि सुनुवाई नभएको बताए। ‘नगरभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो’, उनले भने, ‘जिल्ला विकास समिति हुँदा एकपटक बजेट ल्याएर पुलको सामान्य मर्मत गरेका थियौँ तर स्थानीय सरकार बनेपछि कुनै ध्यान नै दिएको छैन।’

पर्वतकै पहिलो नमूना कुश्मा ज्ञादी झोलुंगे पुलले फलेवास नगरपालिका र तीन गाउँपालिका महाशीला, पैयुँ र बिहादीलाई सदरमुकाम कुश्मासँग जोडेको छ। एक घण्टाको बाटो उकालो र ओरालो गर्दै कुश्मा आउनुपर्ने झन्झट हटेर तीन मिनेटमा सीमित बनेको छ।

यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुंगे पुल निर्माण भएका छन्। ती पुलको पनि मर्मतसम्भार हुन नसकेको स्थानीयले बताएका छन्। पुलका लठ्ठा, डेक, नट, बल्टुलगायत समयसमयमा प्राविधिक जाँच गर्नुपर्ने भए पनि तीनै तहका सरकारको ध्यान नपुगेको पुलका परिकल्पनाकार सूर्यप्रकाश पौडेलले बताए। उनले हरेक वर्ष पुलको प्राविधिक चेकजाँच हुनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेकोसमेत बताए।पैदलयात्रा गर्ने पुलमा मोटरसाइकलसमेत सवार गराउँदा पुलको आयु कम हुँदै गएको उहाँको भनाइ रहेको छ।

यता कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सदरमुकाममा रहेका सबै पुलको प्राविधिक चेकजाँच गरी आवश्यक मर्मतसम्भारका लागि कार्यपालिकामा छलफल गरिने बताएका छन्। नगरपालिकाका प्राविधिकलाई पुलको मर्मतका लागि आवश्यक कार्ययोजना निर्माण गर्न भनिएको उनको भनाइ रहेको छ। नगरको बजेटले सम्भव भएमा नगरकै र असम्भव भएमा प्रदेश र संघमा माग गरिने बताए।

सदरमुकाम कुश्मालाई ज्ञादीसँग जोड्ने कुश्मा-ज्ञादी झोलुंगे पुल, फलेवाससँग जोड्ने बडागाउँ-मुडिकुवा झोलुंगे पुल, बागलुङसँग जोड्ने बडागाउँ-कैया झोलुंगे पुल र खरेहा-अधिकारीफाँट गरी चार वटा अग्ला र लामा झोलुंगे पुल निर्माण गरिएपछि स्थानीयवासीलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ। रासस 


प्रकाशित : बिहीबार , चैत १६ २०७९०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend