सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

९ लाख ३९ हजार रूपैयाँ बराबरको ७८ हजार दुईसय किलो खोटो संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १६ २०७९
images
९ लाख ३९ हजार रूपैयाँ बराबरको ७८ हजार दुईसय किलो खोटो संकलन

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन्।

images
images

घोराही- दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो संकलन गरिँदैछ। वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रूपैयाँ बराबरको ७८ हजार दुईसय ५६ किलो खोटो संकलन गरिएको छ। 

images
images
images

डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीका अनुसार खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो १२ र निकासी कर प्रतिकिलो १२ रूपैयाँ राजस्व तिर्ने गरेका छन्। ‘वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम भइरहेको छ’, उनले भने।

images
images

जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले खोटो बिक्री गरेर वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन्। तर बोक्रा ताछेर सल्लाको रुखबाट खोटो निकाल्दा रुख गर्न थालेका स्थानीयले बताएका छन्। वन समूहले खोटो बिक्री गरेर भएको आम्दानीबाट सामाजिक कार्यमा खर्च गर्ने गरेका बंगलाचुली गाउँपालिका-८ स्थित ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले जानकारी दिए। 

images
images

सो वन समूहले यस वर्ष करिब दुई लाख ५० हजार रूपैयाँको खोटो बिक्री गरेको छ। उक्त वन समूहबाट दीपमाला रोजिन टर्पिनटाइन कम्पनी, बाँकेले प्रतिकिलो १२ रूपैयाँका दरले खोटो खरिद गर्दै आएको छ। वन समूहका सचिव गाहामगरका अनुसार ओखलढुंगा सामुदायिक वन समूहले यस वर्ष करिब २२ हजार पाँच सय किलो खोटो बिक्री गरेको छ। 

वन समूहले अनुमति दिएपछि कम्पनीले खोटो संकलन गर्छ। खोटो मात्र निकाल्दा रुखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्दा रुखलाई असर गर्ने गरेको छ। ‘रुखबाट कम्तीमा आठ-नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ। आगोले भेटे रुख मर्छ’, उनले भने, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट भने बचाउनु पर्छ।’

त्यसैगरी वडा नं ८ कै गोगनपानी समुदायिक वन समूहले खोटो बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष मुक्तिराम गाहामगर बताउँछन्। सल्लाको रुखबाट वैशाख-जेठदेखि मंसिर-पुससम्म खोटो संकलन गर्ने गरिन्छ। ‘चिसो मौसममा खोटो कम निस्किन्छ, गर्मी याममा खोटो संकलन गरिन्छ’, उनले भने। ब‌ंग लाचुली-८ मा ओखलढुंगा, गोगनपानी र दैलेढुंगा सामुदायिक वन समूहले खोटो संकलन गर्दैआएका छन्। रासस 


प्रकाशित : बिहीबार , चैत १६ २०७९०४:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend