सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तीन महिनामै ४ अर्बको ल्यापटप आयात, दोबर वृद्धि

स्मार्टफोनको आयात ५४ प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
तीन महिनामै ४ अर्बको ल्यापटप आयात, दोबर वृद्धि

मूल्यमा मात्र होइन सङ्ख्यामा पनि ल्यापटप आयात दोब्बरले वृद्धि भएको छ। गत वर्ष २९ हजार १०८ पिस ल्यापटप नेपाल आयात भएकोमा यो वर्ष ७४ हजार ५१० पिस आयात भएको छ। 

काठमाडौं- ल्यापटप तथा नोटबुकको आयात दोब्बरले वृद्धि भएको छ। चालु वर्षको पहिलो तीन महिनामा ल्यापटपको आयात १६१ प्रतिशतले बढेको हो। 

अघिल्लो वर्षको तीन महिनाको तुलनामा यो वर्ष ल्यापटप आयात २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ। 

भन्सार विभागकाअनुसार चालु वर्षको पहिलो तीन महिनामै   ४ अर्ब ८ करोड रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ। पछिल्लो समय नेपाली बजारमा ल्यापटपको माग बढेपछि आयात ह्वात्तै बढेको हो।  गत वर्षको यही अवधिमा १ अर्ब ५६ करोडको मात्र ल्यापटप आयात भएको थियो। 

मूल्यमा मात्र होइन सङ्ख्यामा पनि ल्यापटप आयात दोब्बरले वृद्धि भएको छ। गत वर्ष २९ हजार १०८ पिस ल्यापटप नेपाल आयात भएकोमा यो वर्ष ७४ हजार ५१० पिस आयात भएको छ। 

असोजमा मात्र १ अर्ब रुपैयाँको ल्यापटप आयात भएको छ। कोरोना महामारी सुरु भएसँगै ल्यापटप र मोबाइलको माग ह्वात्तै बढेको छ। माग बढेपछि नेपाली बजारमा आयात पनि बढिरहेको छ। 

मोबाइलको आयात पनि यो अवधिमा ५४ प्रतिशतले बढेको छ। 

तथ्यांकअनुसार तीन महिनामा १७ अर्ब १७ करोड रुपैयाँको मोबाइल आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ६ अर्बले बढी हो।  गत वर्ष ११ अर्बको मोबाइल आयात भएको छ। 

 


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend