सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

अनलाइन व्यापारका नाममा करोडौँ ठगी, ९ चिनियाँ नागरिकसहित १९ जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
अनलाइन व्यापारका नाममा करोडौँ ठगी, ९ चिनियाँ नागरिकसहित १९ जना पक्राउ
images
images

काठमाडौं- अनलाइन व्यापारको नाममा मोबाइल एप्पलिकेशन ह्वाट्सएप र टेलिग्रामबाट करोडौंँ रूपैयाँ ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जना पक्राउ परेका छन्। 

images
images
images

टेलिग्राममार्फत अनलाइन कक्षा सञ्चालन गर्ने भन्दै १० करोड बढी ठगीको आरोपमा बुढानीलकण्ठ नगरपालिका-२ महादेवखोला र चण्डोलबाट ९ जना चिनियाँ र १० नेपालीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

images
images

पक्राउ पर्नेहरूमा चिनयाँ नागरिकहरु: नागरिक हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सि गुए यी, सि, सुआङ दी लगायत छन् भने नेपाली नागरिकहरुमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगर लगायत छन्। 

images
images

उनीहरूले काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध रुपमा कार्यालय सञ्चालन गरी अनलाइनमार्फत ठगी गरेको पाइएको हो। उनीहरुले अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठग्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले उनीहरुको साथबाट चार लाख नगद, ७७ थान फोन, १२ थान ल्यापटप लगायतका सामान पनि बरामद गरेको छ।


प्रकाशित : बुधबार, चैत १५ २०७९०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend