सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सामाखुसीमा खुल्यो केएफसीको १६औँ आउटलेट

images
बुधबार, चैत १५ २०७९
images
सामाखुसीमा खुल्यो केएफसीको १६औँ आउटलेट

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ।

images
images

काठमाडौं- अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा १६औँ आउटलेट विस्तार गरेको छ।

images
images
images

काठमाडौंको टोखा नगरपालिका वडा नं १० स्थित नर्थ सिटी मलमा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेशलन नेपाल प्रालिले केएफसी स्टोर सञ्चालनमा ल्याएको हो। 

images
images

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ। यस आउटलेटमा केएफसीका विभिन्न चिकेनको परिकार लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ। कोभिड १९ विरुद्ध शतप्रतिशत खोप लिएका कर्मचारी मार्फत हरेक केएफसी स्टोरहरु सञ्चालन हुने गर्दछन्।

images
images

यस रेस्टुरेन्टमा ग्राहक आफैले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवा समेत लिन सकिने छ। हरेक ग्राहकले कस्टमर डिस्प्ले अर्डरबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन्। १८ सय फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ५१ जना ग्राहकहरुले सेवा लिन सक्नेछन्।

रेटुरेन्टले हाल बिहान ११ः०० बजे बाट रातको  ११ः०० बजे सम्म डाइन-इन र टेकअवे  मार्फत सेवा दिइरहेको छ। साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ। यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको समेत रेष्टुरेन्टले जनाएको छ।


प्रकाशित : बुधबार, चैत १५ २०७९०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend