सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र, उद्धार गर्न माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र, उद्धार गर्न माग

मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि हारगुहार गरिरहेका छन्।

images
images

खोटाङ- खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन्।

images
images
images

वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन्।

images
images

मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका-८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका-१ बहेरीका सनम दराई रहेका छन्।

images
images

मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन्।

काठमाडौंको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक-फरक एजेन्टलाई फरक-फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ। दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन्।

‘यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो। अहिले हामी आएको पाँच महिना बितिसक्यो। कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्’, उनले भने, ‘नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन्। हामीलाई बन्दी बनाएर राखिएको छ।’ रासस 


प्रकाशित : बुधबार, चैत १५ २०७९०५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend