सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

तोलामा पाँचसयले बढ्यो सुनको मूल्य, चाँदी १० रूपैयाँले महँगियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १५ २०७९
images
तोलामा पाँचसयले बढ्यो सुनको मूल्य, चाँदी १० रूपैयाँले महँगियो

यो साता तीन दिन लगातार घटेको सुनको मूल्य बुधबार बढेको हो।

images
images

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले वृद्धि भएको छ। 

images
images
images

यो साता तीन दिन लगातार घटेको सुनको मूल्य बुधबार बढेको हो। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

तीन दिनमा सुनको मूल्य एक हजार ८ सय रूपैयाँले सस्तिएको थियो। आइतबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार दुई सय रूपैयाँले घटेको थियो। मंगलबार एक हजार रूपैयाँले घटेको मूल्य बुधबार पाँचसय रूपैयाँले बढेको हो। 

images
images

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँ कायम थियो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम थियो भने आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ तोकिएको थियो। 

यस्तै चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। मंगलबारको तुलनामा १० रूपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँ कायम छ। म‌ंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, चैत १५ २०७९०५:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend